राष्ट्रिय परिचयपत्र वितरणका लागि पाँचथरमा विवरण संकलन सुरू

Tuesday, June 19th, 2018 at 9:36 pm News Headlines, फिचर फोटो, विशेष, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

जङ्ग तामाङ
असार ५, २०७५
राष्ट्रिय परिचयपत्र वितरणका लागि सरकारले पाँचथरमा विवरण संकलन गर्न थालेको छ। जिल्लाको फिदिम नगरपालिका–४ कि जिल्लाकै जेष्ठ नागरिक भगवती भण्डारीको दश औँठाछापसहितको विवरण लिएपछि विवरण संकलन अभियान सुरु भएको घोषणा गरिएको हो। जिल्ला समन्वय प्रमुख विष्णुप्रसाद सापकोटा, उपप्रमुख डिल्लीराम दुलाललगायतका जिल्लाका विशिष्ट व्यक्तिहरूले अभियान सुरुवात भएको घोषणा गरेका हुन्। सरकारले वितरण गर्न लागेको परिचयपत्रमा चिप सहितको स्मार्ट परिचयपत्र रहने राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका निर्देशक शिवराज जोशीले बताए। उनका अनुसार संकलकहरुले हरेक नागरिकको वैयक्तिक र जैवीक विवरण संकलन गर्नेछन्।

परिचयपत्रमा राखिने व्यक्तिगत विवरणमा नामथर,वतन,जन्ममिति,बाबु बाजेको नामथर आदि हुनेछ। जैविक विवरणमा भने फोटो र दश औँलाको औठा छाप रहनेछ। परिचय पत्रमा नागरिकता, मतदाता परिचय पत्र, जग्गाको लालपुर्जा, सामाजिक सुरक्षा भत्ता र बैंकिङ विवरण पनि हुने भन्दै निर्देशक जोशीले परिचय पत्र बहुउपयोगी रहेको बताए। परिचयपत्रले दोहोरा नागरिकता र राहदानी लिने प्रवृतिको अन्त्य गर्ने र राष्ट्रिय सुरक्षामा पनि सहयोग पु¥याउने उनको विश्वास छ । पाँचथरका एक लाख १० हजार र सिंहदरवारमा कार्यरत ७ हजार कर्मचारी गरी पहिलो चरणमा एक लाख १७ हजार जनालाई यो परिचय पत्र वितरण गर्ने केन्द्रले जनाएको छ। फोटो : sagarmatha. tv

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर