लक्षित वर्गको बजेट व्यवस्थापन सम्वन्धि सम्वाद कार्यक्रम सकियो

Tuesday, June 19th, 2018 at 9:27 pm News Headlines, फिचर फोटो, विशेष, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

जङ्ग तामाङ
असार ५, २०७५
सुन्दर शान्त नेपाल परियोजना अन्तरगत मानव अधिकार तथा शान्ति कार्य समूह(प्याग) नेपाल पाँचथर मातहतमा रहेको नागरिक सम्वाद सञ्जालले स्थानीय तहमा लक्षित वर्ग समुदाय तर्फको बजेट व्यवस्थापन सम्वन्धि सरोकारवालाहरुसँग सम्वाद गरेको छ । सदरमुकाम फिदिममा सरोकारवालाहरुसँग सम्वाद गर्दै सञ्जालले स्थानीय तहहरुले विनियोजन गरेको बजेटको उत्पादनमूलक क्षेत्रमा प्रयोग आवश्यक रहेकोमा जोड दिएको छ । कतिपय स्थानीय तहहरुले भने लक्षित वर्गको बजेटलाई दुरुपयोग गरेको पनि सम्वादमा सहभागी कतिपय सरोकारवालाहरुले गुनासो गरेका थिए । सम्वाद कार्यक्रमको सहजीकरण गर्दै सहजकर्ता सुमन ढकालले समावेशी विकासमा जोड दिने सम्वैधानिक व्यवस्था रहेको भन्दै संविधानमा वालवालिकाको हितका लागि बनेका ऐन,स्थानीय सरकार सञ्चालन ऐनसँगै योजना निर्माणमा स्थानीय तहको प्राथमिकताका विषयहरुमाथि चर्चा गर्नु भएको थियो । उहाँले आर्थिक विकास र गरिवी न्यूनिकरणमा प्रत्यक्ष सहयोग पुग्ने,उत्पादनमूलक र छिटो प्रतिफल प्राप्त गर्न सकिने तथा नागरिकको जीवनस्तर,आम्दानी र रोजगार बढ्ने खालका योजनाहरु लक्षित वर्गको बजेटले सम्बोधन गर्नु पर्नेमा पनि जोड दिनुभयो । सम्वाद कार्यक्रममा लक्षित वर्ग अन्तरगतका सरोकारवाला निकायहरु आदिवासी जनजाति,दलित,महिला,जेष्ठ नागरिक लगायतका प्रतिनिधिमूलक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सम्वाद कार्यक्रमले जिल्लामा रहेका सामाजिक तथा आर्थिक समस्या पहिचान गरी सम्वाद मार्फत समाधान तथा व्यवस्थापन गर्न सहयोग पुग्ने प्याग मार्फत सञ्चालित सुन्दर शान्त नेपाल परियोजनाको पाँचथर संयोजक यशोधा सुव्वाले बताउनुभयो । सम्वाद कार्यक्रमको अध्यक्षता सञ्जालका अध्यक्ष लोकेन्द्र आले मगरले गर्नु भएको थियो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर