पाँचथरमा राष्ट्रिय परिचय वितरणका लागि विवरण संकलन फिदिम नगरपालिकादेखि

Sunday, June 17th, 2018 at 8:00 pm News Headlines, फिचर फोटो, विशेष, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

जङ्ग तामाङ
असार ३, २०७५
राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले राष्ट्रिय परिचयपत्र वितरणका लागि पाँचथरका १ लाख १० हजार जना नागरिकको व्यक्तिगत र जैविक विवरण संकलन गर्ने भएको छ । केन्द्रले सदरमुकाम फिदिमस्थित जिल्ला प्रशासन कार्यालयमा फिल्ड कार्यालय समेत स्थापना गरेको छ । परिचयपत्र वितरणका लागि नागरिकको व्यक्तिगत र जैविक विवरण फिदिम नगरपालिकाबाट संकलन थालिनेछ । यसका लागि ४ वटा संकलन केन्द्र पनि तोकिने भएको छ । केन्द्रका निर्देशक शिवराज जोशीले संकलित विवरण सिंहदरवारस्थित राष्ट्रिय परिचयपत्र प्रशोधन केन्द्रमा पठाउने कार्य पनि गर्ने बताउनुभयो । ‘ विवरण प्रशोधन गरी कार्ड छपाएर जिल्लास्थित फिल्ड कार्यालयमा पठाइन्छ,कार्यालयले वडा वडामा पठाएर वितरण गर्छ ।’ उहाँले भन्नुभयो, ‘तर विवरण पहिलो चरणमा नागरिकता भएकाहरुबाट मात्रै संकलन गरिनेछ ।’

परिचयपत्रमा राखिने व्यक्तिगत विवरणमा नामथर,वतन,जन्ममिति,बाबु बाजेको नामथर आदि हुनेछ । जैविक विवरणमा भने फोटो र दश औँलाको औठा छाप रहनेछ । यसका लागि फारम भराइने केन्द्रका निर्देशक जोशीले बताउनुभयो । परिचय पत्रमा नागरिकता,मतदाता परिचय पत्र,जग्गाको लालपुर्जा,सामाजिक सुरक्षा भत्ता र वैङ्किङ विवरणहरु हुनेछ, यसले गर्दा परिचय पत्र बहुउपयोगी छ ।’उहाँले भन्नुभयो, ‘ यसले गर्दा सवै सरोकारवालाहरुले यो अयिभानमा सहयोग गर्नु प¥यो ।’ परिचयपत्रले दोहोरा नागरिकता र राहदानी लिने प्रवृतिको अन्त्य गर्ने र राष्ट्रिय सुरक्षामा पनि सहयोग पु¥याउने विश्वास गरिएको छ । यसलाई राष्ट्रिय बहुपहिचानसहितको वायोम्याट्रिक स्मार्ट कार्ड पनि भनिएको छ । पाँचथरका १ लाख १० हजार र सिंहदरवारमा कार्यरत ७ हजार कर्मचारी गरी पहिलो चरणमा १ लाख १७ हजार जनालाई यो परिचय पत्र वितरण गर्ने केन्द्रको तयारी छ ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर