२ दिने महिला विकास तथा सहकारी सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न

Sunday, May 27th, 2018 at 10:26 pm News Headlines, फिचर फोटो, विशेष, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

लक्षीमा तामाङ
जेष्ठ १३, २०७५
फेदेन महिला बचत तथा ऋण सहकारीले २ दिने महिला विकास तथा सहकारी सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । फिदिम नगरपालिका वडा नम्बर २ को आर्थिक सहयोगमा सो तालिम सम्पन्न भएको हो । तालिममा महिलाहरुलाई लक्षित गरि घरबाहिर निस्कन नसकिरहेका र सहकारी समूह र बचतको महत्व,समूहमा आवद्ध हुँदाको फाइदाको विषयमा जानकारी गराइएको थियो । तालिमको सहजीकरण गर्दै महिला विकास अधिकृत निर्मला दाहालले महिलाहरुलाई संगठित हुने,सहकारीमा आवद्ध हुनुपर्ने कुराको बारेमा प्रस्ट्यानुभएको थियो । त्यस्तै मनोविमर्शकर्ता शोभा बाँस्कोटाले महिलालाई हुने पिडा र महिलाको जिवनमा आइपर्ने समस्या समाधानका उपायहरुबारे जानकारी गराउनुभएको थियो । महिलालाई सहकारीमा आवद्ध भइ बचत गर्ने बानिको विकास गर्नुपर्ने र सामूहिक रुपमा काम गर्दाको फाइदाको विषयमा सहकारीका उपाध्यक्ष बेदमाया बजगाइँले सहजीकरण गर्नुभएको थियो । तालिम पाएपछि घरबाट बाहिर निस्कनुपर्ने र धेरैकुराको जानकारी लिनसकिने कुराको जानकारी भएको सहभागी महिलाहरुले बताएका थिए । शनिबारबाट सुरु भएको कार्यक्रम आइतबार समापन भएको हो । समापन कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष सुक्पाल तुम्बापोको प्रमुख आथित्यता रहेको थियो । त्यस्तै विशेष अथितिमा महिला विकास अधिकृत निर्मला दाहाल,वडा सदस्य तथा नगरपालिकाका न्यायिक समिति सदस्य नारायण प्रसाद बजगाइँ लगायतको सहभागिता रहेको थियो । तालिममा ६० जना महिलाहरुको सहभागिता रहेको थियो । तालिमको समापन महिला लक्षित उपभोक्ता समितिका अध्यक्ष ज्ञानु ढुङ्गानाको अध्यक्षतामा भएको थियो ।

 

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर