पाँचथरको हिलिहाङमा वडा स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

Friday, May 18th, 2018 at 9:15 pm विशेष, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

hh
शंकर चापागाई
जेष्ठ ४,२०७५
पाँचथरको हिलिहाङमा वडा स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न भएको छ । कार्यक्रममा आधारभूत तह स्तरीय चित्रकला र हाजिरीजवाफ प्रतियोगिता त्यस्तै मा.वि. स्तरीय निबन्ध लेखन र वक्तृत्वकला प्रतियोगिता जय भवानी आधारभूत विद्यालय टारीमा सम्पन्न भएको छ । हाजिरीजवाफ प्रतियोगितामा सिद्धेश्वर आधारभूत विद्यालय प्रथम, बाजेन्द्रकाली आधारभूत विद्यालय द्वितिय र सिद्धेश्वरी माद्यमिक विद्यालय तृतीय भएका छन् । चित्रकला प्रतियोगितामा सिद्धेश्वरी माद्यमिक विद्यालयका सविन योङहाङ प्रथम,सिद्धेश्वर आधारभूत विद्यालयका सन्देश योक्पाङ्देन द्वितिय भएका छन् । त्यस्तैगरी वक्तृत्वकला प्रतियोगितामा सिद्धेश्वरी माद्यमिक विद्यालयका देवेन्द्र खनाल प्रथम, फडिन्द्र तिम्सीना द्वितिय र विनिता मिश्र तृतीय हुनुभएको छ । निबन्ध लेखन प्रतियोगितामा सिद्धेश्वरी माद्यमिक विद्यालयका गगां पन्थाक,अइन्द्र योङ्या र रोदन पन्थाक क्रमश प्रथम द्वितिय र तृतीय हुनुभएको छ । कार्यक्रममा हिलिहाङ गाँउपालिका वाड नं. ७ का आधारभूत र माद्यमिक गरी ९ विद्यालयको सहभागिता रहेको थियो ।कार्यक्रममा ९ ओटै विद्यालयका प्रधानाध्यापक ,जननिर्वाचित प्रतिनिधी, विद्यार्थी ,शिक्षक तथा अभिभावकको सहभागिता रहेको थियो । कार्यक्रम हिलिहाङ गाँउपालिकाको आर्थिक सहयोग र सिरिजंघ मा.वि. स्रोतकेन्द्रको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रम गाँउपालिका उपाध्यक्ष सुमित्रा उप्रेती सेढाईको प्रमुख आतिथ्यता र सिरिजंघ स्रोतकेन्द्रका स्रोतव्यक्ति विश्वनाथ भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर