पाँचथरमा सरकार र यायतात व्यवसायीवीच भएको सहमति अनुसार विद्यार्थीले पाउने छुट कार्यान्वयन भएन

Friday, May 11th, 2018 at 9:08 pm News Headlines, फिचर फोटो, विशेष, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

सुम्हात्लुङ सम्वाददाता
बैशाख २८,२०७५
सार्वजनिक सवारीमा विद्यार्थीलाई कूल भाडादरमा ३३ प्रतिशत छुट दिनु पर्ने भनि सरकारले व्यवस्था गरेको छ । सरकार र यायतात व्यवसायीवीच भएको सहमति अनुसार विद्यार्थीले छुट पाउनु पर्ने भएपनि पाँचथरमा भने कार्यान्वयन भएको छैन । सरकार र व्यवसायीवीच सहमति भएको १६ वर्ष हुँदा पनि कार्यान्वयन नहँुदा विद्यार्थीहरु भने चिन्तित भएका छन् । पाँचथरको फिदिममा सुम्हालुङ एफ.एम.को वसहमुलक कार्यक्रम सुम्हालुङ छलफलमा अखिल क्रान्तिकारीका विद्यार्थी नेता जलकुमार तामाङले पटक पटक यातयात व्यवसायीलाई परिचय पत्र भएका विद्यार्थीहरुलाई भाडादरमा छुट दिन भनिएपनि नटेरेको र जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्दा पनि सुनुवाई नभएको गुनासो गर्नुभयो । अर्का विद्यार्थी नेता अर्बिन सुनुवारले पनि यातयातमा छुटको व्यवस्था विद्यार्थी आन्दोलनको उपलव्धि भन्दै कार्यान्वयन गर्न यातयात व्यवसायी तयार हुनु पर्ने औल्ँयाउनुभयो । यातयात व्यवसायी नरेन्द्र अधिकारीले यातयातमा छुट विद्यार्थीलाई दिन व्यवसायी तयार भएको तर सरकारले छुट दिए वापतको रकम भने बेहोर्नु पर्ने बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले भने यातयात व्यवसायीले जसरी भएपनि विद्यार्थीसँगै जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई दिएको छुट कार्याृन्वयन गर्नु पर्ने बताउनुभयो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर