पाँचथरमा १५ दिने लिम्वू साहित्य सम्वन्धि प्रशिक्षण सुरु

Sunday, May 6th, 2018 at 7:43 pm विशेष, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

जङ्ग तामाङ
बैशाख २३,२०७५
लिम्वू साहित्य लेखनमा महिलाहरुको उपस्थिती बढाउन याक्थुङ प्रज्ञा प्रतिष्ठान पाँचथरले १५ दिने लिम्वू साहित्य सम्वन्धि प्रशिक्षण थालेको छ । सदरमुकाम फिदिममा प्रतिष्ठानले आयोजना गरेको प्रशिक्षणमा ४३ जना लिम्वू साहित्यप्रेमी महिलाहरुको सहभागिता छ । ७ जना पुरुषको पनि सहभागिता रहेको प्रतिष्ठानले जनाएको छ । समृद्ध उन्मुख लिम्वू साहित्यमा महिला साहित्यकारहरुको उपस्थिती न्यून छ । यसले गर्दा प्रतिष्ठानले दोश्रो पटक महिला साहित्यकारहरु उत्पादन गर्न भन्दै साहित्य प्रशिक्षण आयोजना गरेको साहित्यकार तथा पत्रकार निशा लोवाले बताउनुभयो । प्रशिक्षणमा याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जवेगू,प्राज्ञ सचिव तिलविक्रम नेम्वाङ,प्राज्ञ सदस्य सागर केरुङ र खड्गनारायण आङदेम्वेले सहजीकरण गर्दै आउनु भएको छ । मुलुकमा बोलिने मातृभाषाहरुमध्ये लिम्वू भाषामा लेखिने साहित्य निक्कै समृद्ध छ ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर