पाँचथरको हिलिहाङमा मातृभाषा शिक्षक प्रशिक्षण तालिम सम्पन्न

Saturday, May 5th, 2018 at 9:17 pm News Headlines, फिचर फोटो, विशेष, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

लक्षीमा तामाङ
बैशाख २२,२०७५
पाँचथरको हिलिहाङ गाउँपालिकामा आठ मातृभाषा ३ दिने शिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । हिलिहाङ गाउँपालिकाको सहयोग र आदिवासी जनजाती गाउँ समन्वय परिषदको आयोजनामा सन्चालित तालिम शुक्रबार सम्पन्न भएको हो । तालिममा गाउँपालिकामा अध्यापन गराइरहेका जनजाती शिक्षकहरुलाई पशिक्षण दिइएको थियो । सम्बन्धीत भाषाका विद्यार्थीहरुलाई भाषा लिपि सिकाउन विद्यालयका शिक्षकहरुलाई नै तालिम प्रदान गरिएको महासँघका अध्यक्ष हरिराज लोवाले बताउनु भयो । आदिवासी जनजाती अन्तर्गतका लिम्बु,तामाङ,सेर्पा,गुरुङ,मगर,नेवारका लगभग १२० जनाले तालिम लिएका छन् । उनीहरुले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आफुले सिकेका भाषा लिपि सिकाउने प्रतिवद्धता जनाएका छन् । तालिममा लिम्बुभाषाको प्रशिक्षण भाषाविद हरिचन्द्र लावती,तामाङ भाषाको जंग तामाङ,मगर भाषाको हर्क मगरले गर्नुभएको थियो । त्यस्तै गुरुङ भाषाको ज्योति मगर,सेर्पा भाषाको लप्साङ सेर्पा,नेवार भाषाको चन्द्र कुमार उदासले प्रशिक्षण दिनुभएको थियो । तालिमको समापनमा बोल्दै तामाङ भाषा प्रशिक्षक जंग तामाङले भाषा सिक्न सरकारले ऐच्छिक विषयको रुपमा भाषा पाठ्यक्रम निर्माण गर्नुपर्ने र शिक्षक दर्वन्दीको व्यवस्थापन गर्नु पर्ने कुरामा जोड दिनुभयो । त्यस्तै भाषाविद हरिचन्द्र लावतीले आफुले बोले घर परिवार,समाजले बोल्ने भन्दै भाषा बोल्न आफै तयार हुनुपर्ने भन्दै भाषा विज्ञ हरिचन्द्र लावतीले भाषा बोल्न र लेख्नै पर्ने कुरामा जोड दिए । कार्यक्रममा मगरभाषा प्रशिक्षक हर्कमगर,गुरुङ भाषा प्रशिक्षक ज्योति गुरुङ,नेवार भाषाका प्रशिक्षक चन्द्र उदास लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सन्चालन महासँघ सचिव दावा ओङ्दी सेर्पाले गर्नुभएको थियो भने कार्यक्रम महासँघका अध्यक्ष हरिराज लोवाको अध्यक्षतामा सम्पन्न भएको हो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर