पाँचथरमा विद्यार्थी संगठनद्वारा निजी विद्यालयको शुल्क वृद्धि विरुद्धमा तालाबन्दी

Friday, May 4th, 2018 at 7:33 pm विशेष, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

शंकर चापागाई
वैशाख २१,२०७५
पाँचथरमा विद्यार्थी संगठनले चर्को शुल्क वृद्धि विरुद्धमा दुई कार्यलयमा तालाबन्दी गरेका छन् । निजि विद्यालयमा चर्को शुल्क वृद्धि भएपछि आन्दोलनरत ३ विद्यार्थी संगठन अनेरास्ववियु, अखिल(क्रान्तिकारी) र ने. वि. संघ ले प्रथम चरणको आन्दोलन अन्तर्गत आज प्यावसन र शिक्षा विकास तथा समन्वय इकाइ पाँचथरमा ताला लगाएका छन् । विद्यार्थी संगठनहरुले प्यावसन र शिक्षा विकास तथा समन्वय इकाइलाई सस्थागत विद्यालय निर्देशिका मापदण्ड २०७२ अवज्ञा गरी शिक्षामा सिन्डीकेट कायम गर्दै शुल्क आतंक मच्चाउने कार्यको अगुवाई गरेको आरोप लगाएका छन् । उनीहरुले शिक्षाको नवौं संसोधन खारेज गरीनुपर्ने, शिक्षा ऐन २०७२ कार्यान्वयन गरीनुपर्ने, शुल्क वृद्धि तत्काल रोक्नपर्ने लगायत मागसहित ताला लगाएका हुन् । मागलाई वेवस्ता गरे अझ सशक्त ढङ्गले आन्दोलन गर्ने अनेरास्ववियु पाँचथरका सहसचिव राजेन्द्र आङ्देम्बेले जानकारी दिनुभयो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर