यातायात व्यवसायीद्वारा आन्दोलन घोषणा ।।

Wednesday, April 18th, 2018 at 6:33 pm फिचर फोटो, विशेष, समाचार

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

सीआईएन
बैशाख ०५,२०७५
सरकारले एकाधिकार खारेज गरेको विरोधमा यातायात व्यवसायीले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । सरकारले यातायात व्यवसायीको संघ–संस्थालाई जिल्ला प्रशासन कार्यालयमा दर्ता रोक्ने निर्णय गरेपछि उनीले आज राजधानीमा संयुक्तरुपमा पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम घोषण गरेका हुन् । हिजो बसेको मन्त्रिपरिषद् बैठकले यातायात व्यवसायीको संघ–संस्थालाई जिप्रकामा नवीकरण नगर्ने र दर्ता रोक्ने निर्णय गरेको थियो । व्यवसायीले यातायात क्षेत्रमा आफूहरुले एकाधिकार प्रणाली नलगाएको भन्दै सरकारले मध्यम वर्गीय जनताको लगानीलाई खोस्न खोजेको आरोप लगाउनुभयो ।

व्यवसायीले सरकारले आफूहरुका माग सम्बोधन नगरे देशभरि नै आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् । भोलिदेखि संयुक्तरुपमा नै आन्दोलनको तयारी गरेका व्यवसायीले वैशाख २१ गतेदेखि भने गाडी नचलाउने र मागको सम्बोधन नभए वैशाख २७ गतेदेखि देशभर नै सार्वजनिक सवारी–साधन नचलाउनेलगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर