चुनाव चिन्हको विषय नटुंगिएको प्रचण्डको भनाइ ।।

Wednesday, April 18th, 2018 at 6:14 pm विशेष, समाचार

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

सीआईएन
बैशाख ०५,२०७५
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकीकरणका धेरै बिषय मिलिसकेको भएपनि दुई पार्टी मिलेपछि चुनाव चिन्ह के हुने भन्ने विषयमा टुंगो लागिनसकेको बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आज गरेको पत्रकार सम्मेलनमा उहाँले चुनाव चिन्हका विषयमा छलफल जारी नै रहेको बताउनुभयो । दुई पार्टीका बीचमा कुरो नमिलेको भन्ने विषय नरहेको तर छलफल हुन बाँकी रहेको उहाँले प्रष्ट्याउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओली र आफू आज व्यस्त भएकाले भोलि दुई अध्यक्षका बीचमा बैठकपछि पार्टी एकता घोषणाको मिति तय हुने बताउनुभयो । त्यसो हुँदै गर्दा पनि वैशाख महिनाभर भने नलाग्ने उहाँको भनाइ छ । यकिन मिति दुई अध्यक्षले टुंग््याउने भए पनि पार्टी एकताका लागि धेरै दिन कुर्न नपर्ने प्रचण्डको भनाई थियो । दुईवटा कार्यदलले प्रस्तुत गरेका प्रतिवेदनमाथि हिजोबाट गम्भीर ढंगले छलफल शुरु भएको भन्दै उहाँले कतिपय विषयमा कार्यदलले टुंगो लगाउने जिम्मा दुई अध्यक्षलाई दिएको बताउनुभयो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर