लेकाली महिलाहरुको आर्थिक समृद्धिको आधार हाते कागज

Tuesday, April 17th, 2018 at 6:59 pm News Headlines, फिचर फोटो, विशेष, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

Hate kagaj1

जङ्ग तामाङ
वैशाख ४,२०७५
पाँचथरको लेकाली क्षेत्रका महिलाहरुको आर्थिक समृद्धिको आधार हाते कागज बनेको छ । अर्गेलीको लोक्तालाई प्रशोधन गरी कागज उत्पादन गर्दै महिलाहरु आर्थिक रुपमा समृद्ध बन्दै गएका छन् । प्रति महिना एक जना महिलाले ४० हजार रुपैयाँसम्म आम्दानी लिने गरेका छन् । पुरुषहरु विदेशमा जाने र भएकाहरुले पनि घर व्यवहार चलाउने हुँदा महिलाहरु भने जङ्गलमा गएर अर्गेलीबाट लोक्ता निकालेर ल्याउँदै प्रशोधन गरी कागज उत्पादन गर्ने गरेका छन् । घाम लागेको दिन ७ पटकसम्म कागज उत्पादन गर्न सकिन्छ ।

नलागेको बेला पनि २ पटकसम्म उत्पादन हुने गरेको फिदिमको लालिखर्ककी कागज उत्पादक हेमकुमारी राईले बताइन् । एकै पटक उनले ६० वटा फ्रेममा कागजका लागि आवश्यक लोक्ताबाट प्रशोधित कच्चा पदार्थ लगाउने गरेको र घाम लागेको बेला करिव २० मिनेटमै सुकेर कागज तयार हुने गरेको बताएकी छिन् । यसरी दिनमा उनी आफै ४ सय २० वटासम्म कागज तयार गर्छिन् । बजारमा एउटा कागज प्रतिगोटा अढाई रुपैयाँदेखि १० रुपैयाँसम्ममा विक्री हुने गरेको छ । ‘लालिखर्कका महिलाहरु विदेश जाँदैनन्,घरमै बसी कागज उत्पादन गरेर ३० हजार नघाउँछन्,विदेशमा कतिको विजोग छ’उनले भनिन्, ‘घरखर्च र छोराछोरी पढाउँदै मिठो मसिनो खान पुग्छ ।’ जङ्गलबाट अर्गेलीको लोक्ता निकाल्न बाहेक प्रशोधनका कामहरु सजिलो हुने भएकाले महिलाहरुको कागज उत्पादनमा संलग्नता भएको हो ।

पहिले त्यसै खेर गएको अर्गेलीबाट कागज उत्पादन हुने थाहा पाएपछि भने लेकाली क्षेत्रको पाखाबारीमा अर्गेली लगाएका छन् । कतिपयले भने कागज उत्पादन नगरीकनै अर्गेलीबाट लोक्ता निकाल्दै बेच्ने गरेका छन् । लोक्तालाई आधुनिक प्रविधिबाट प्रशोधन गरेर जापानमा पनि पठाउने गरेका किसानहरु बताउँछन् । लोक्ताबाटै जापान सरकारले जापानीज नोट बनाउने गरेका छन् । यद्यपी लालिखर्क क्षेत्रका महिलाहरुले लोक्ता कम बेच्ने गरेका छन् । उनीहरुले आफै प्रशोधन गरी कागज उत्पादन गर्दै आएका हुन् । लालिखर्ककै कागज उत्पादक निर्मला राईले कागज उत्पादन गर्न सजिलो पनि भएको र उत्पादित कागजलाई सहजै बजारमा पु¥याउन सकिने अवस्था रहेको बताइन् । ‘उत्पादन गरेपछि विक्री नहुने भन्ने हुँदैन,व्यापारी गाउँमै छन्’ उनले भनिन्, ‘भ्याउँदा एकै दिनमा सय वटा फर्मामा ७ पटकसम्म लाउछु,७ सय प्रति कागज तयार हुन्छ ।प्रतिगोटा कम्तीमा अढाई रुपैयाँमा विक्री हुन्छ ।’

लालिखर्क,सुम्निमाचोकदेखि कान्छि दोकान क्षेत्रका करिव डेढ सय जना महिलाहरु कागज उत्पादनमा सक्रिय छन् । उनीहरु झण्डै ५ दशकदेखि निरन्तर कागज उत्पादन गर्दै आर्थिक उपार्जन गरिरहेका छन् । उत्पादित कागज सरकारी कार्यालयमा प्रशासनिक प्रयोजनार्थ बढि विक्री हुने गरेको छ । कागज उत्पादकसँगै व्यापारी समेत रहेकी हेमकुमारी राईले इटहरी,विराटनगर,पोखरा,वुटवलदेखि काठमाण्डौँमा कागज निर्यात गरिँदै आएको बताइन् । ‘यहाँको उत्पादन राम्रो छ भन्छन्,माग अन्यन्त्र पनि हुन्छ,माग अनुसार उत्पादन गर्न सकिन्न’ उनले भनिन्, ‘मासिक रुपमा हामी ५ लाख रुपैयाँसम्मको कागज बेच्छौँ ।’ कागज उत्पादक महिलाहरुका अनुसार असोजदेखि जेठसम्म उत्पादन बढि हुन्छ । घाम बढि लाग्ने भएको हुँदा फ्रेममा लगाएको कागज छिटो सुक्ने गर्दछ ।

यद्यपी लेकाली क्षेत्र पनि भएकोले असारदेखि भदौ अन्तिमसम्म त्यति घाम नलाग्ने हुँदा कागज उत्पादनमा कमी आउँछ । जिल्लाको सप्तमी,सराङडाँडा,फाक्तेपको घुर्विसे पञ्चमी क्षेत्रका महिलाहरुले नै कागज उत्पादन गर्दै आएका छन् । दाजुभाई जडिबुटी सहकारी संस्थाका अध्यक्ष होमराज थाम्सुहाङले अर्गेली खेती गरेर मनग्ये आर्थिक आम्दानी गर्न सकिने बताए । सिदिन,प्राङबुङ,मेमेङसँगै रानिटारको सुकेटार क्षेत्रमा अर्गेली रोपणमा किसानलाई प्रेरित गर्दै आएका उनले कागजसँगै गुणस्तरिय लोक्ताको बजार राम्रो रहेको बताए । ‘लेकको खाली जमिनमा अर्गेली लगाउन किसानहरुलाई प्रेरित गरिनुपर्छ,सम्भावना छ’उनले भने,‘हजारौँलाई रोजगार सिर्जना हुन्छ ,म आफैले १५ जना जतिलाई रोजगारी दिएको छु ।’ किसानहरुका अनुसार अर्गेलीलाई स्याहार पटक्कै गर्नु पर्दैन । एक पटक रोपेपछि बर्षौसम्म काट्दै लोक्ता निकाल्न सकिन्छ । लेकाली क्षेत्रको जस्तोसुकै ठाउँमा अर्गेली हुन्छ । एउटै झ्याङमा कम्तीमा एक किलो लोक्ता निक्लिने किसानहरु बताउँछन् ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर