पर्यटन, विकास र समृद्धिको आधार भएको प्रधानमन्त्रीको भनाइ ।।

Saturday, April 14th, 2018 at 7:47 pm News Headlines, विशेष, समाचार

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

सीआइएन /बैशाख  १,२०७५
प्रधानमन्त्री केपी शर्मा ओलीले देश स्थायित्वको नयाँ चरणमा प्रवेश गरेकाले अबको युग बराबरी सम्मान र सुरक्षा तथा बराबरी अबसर प्राप्त हुने युग भएको बताउनुभएको छ । मुगुको रारा तालबाट देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नयाँ वर्षको आरम्भ कर्णाली प्रदेशबाट हुनुलाई समृद्धि नेपाल र सुखी नेपालीको संकल्पलाई कर्णालीको विकासले मात्रै पूरा गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । प्रदेश र स्थानीय तहलाई सुद्धढ, आत्मनिर्भर र सबल बनाउन सरकारले प्रभावकारी भुकिका खेल्ने उहाँले बताउनुभयो । अबको सर्बोपरी अभिभारा आर्थिक समृद्धि नै भएको प्रधानमन्त्री ओलीले पटक पटक दोहो¥याउनुभयो । देशलाई सन् २०२२ सम्ममा अल्पविकसित राष्ट्रबाट माथि उठाउने लक्ष्य राखेको र सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हाँसिल गर्न सरकार प्रतिवद्ध रेहेको ओलीले बताउनुभयो । देशमा लगानीमैत्री वातावरण स्थापित हुने भन्दै प्रधानमन्त्री ओलीले स्वदेशी तथा विदेशी लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभयो । लगानीको सुरक्षा र मुनाफाको व्यवस्थाका लागि सरकार सजग रहेको ओलीको भनाई छ । कृषि प्रधान देशबाट, कृषि सवल देशमा परिवर्तन गर्ने, कृषिमा निर्भर दुई तिहाइ जनसंख्यालाई पाँच वर्षभित्र २५ प्रतिशतमा सिमित गर्ने, कृषि उत्पादकत्व ५ वर्ष भित्र ४ गुण बृद्धि गर्ने, राष्ट्रिय अर्थतन्त्रमा रहेको कृषिको हालको योगदान एक तिहाईबाट झारेर २० देखि २५ प्रतिशतमा सिमित गर्ने गरी हाम्रा कामहरु अघि बढाइने ओलीले बताउनभयो । आजै हुम्लाको सिमिकोट पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित देश बनाउने प्रण गर्न अपील गर्नुभयो । प्रधानमन्त्री ओलीले कर्णालीको विकासलाई सरकारले विशेष प्राथमिकता दिएको बताउँदै अनुकरणीय प्रदेश बनाइछाड्ने प्रतिबद्धता जनाउनुभयो । कर्णालीबाट जडिबुटिको प्रवद्धन गर्न सकिने उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसका लागि आवश्यक सहयोग सरकारले गर्ने विश्वास दिलाउनुभयो ।यसैविच प्रधानमन्त्री ओलीले नयाँ शैक्षिक सत्रका लागि विद्यालय जाने उमेर समुहका बालबालिकालाई भर्ना गरेर विद्यालय भर्ना अभियान शुभारम्भ गर्नुभएको छ । आज मुगुको विभिन्न बिद्यालयका लागि प्रधानमन्त्री ओलीले बालबालिकाको भर्ना गरि भर्ना अभियानको शुभारम्भ गर्नुभएको हो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर