क. आईन्द्र कुमार केरुङ्गको सम्झनामा

Saturday, April 14th, 2018 at 9:00 am विचार, विशेष

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

aindra kerung

श्रीप्रसाद जवेगू,

वैशाख १,२०७५/

जुनसुकै मान्छेले मृत्युको शर्तमामात्र जन्म पाएको हुन्छ । यो सामान्यतःया प्राकृतिक नियम पनि हो । तैपनि मान्छे जन्मिसकेपछि एउटा अवस्था पार गरिसकेपछि मानौं आफ्नो उत्तरदायित्वहरुको सापेक्षित व्यवस्थापनपछि अझ त्योभन्दापनि एकाद्धवर्ष बढि बाँचिदिएको भए हुन्थ्यो भन्ने कुरा, आफन्त, नातागोता र ईष्टमित्रमा लाग्नु अस्वभाविक होईन । ईच्छामृत्यु अपवाद वाहेक सम्भव छैन । यो अर्थमा सबै मृत्यु दुःखद र अप्रत्यासित त हुन्छ नै, तर सबै असमायिक नहुन पनि सक्दछ । शब्दमा असामयिक नै भनिएतापनि कलिलै उमेरमा भएको मृत्यु वास्तविक असामयिक हो । त्यो मृत्यु सबैको लागि बढि दुःखदायि हुन्छभने, शोकसन्तप्त परिवार लगायत नातागोता र आफन्तमा अझ पिडा हुनुलाई अन्यथा मान्न सकिन्न ।

२०७४ साल चैत ४ गत्ते फालेलुङ्ग ५ लुङमादेन साविक प्राङबुङ ५ निवासी आईन्द्र कुमार केरुङ्ग (आकास ) को निधन हुनपुग्यो । ०३१ साल साउन १२ गत्ते जन्मेर ०७४ साल चैत ४ गत्तेका दिन ४४ वर्षको अल्पायुमा भएको यो असामयिक निधनले परिवार, नातागोता र ईष्टमित्रमा त उहाँको अभाव खडकिएको छ नै, हाम्रो ने.क. पा.माओवादी केन्द्र पाँचथरलाई अपुरणीय क्षति पुगेको छ । एक होनहार नेतृत्व गुमाएको मात्र छैन, उहाँको अवशानले पार्टीका सबै तहतप्कालाई स्तव्ध तुल्याएको छ ।

हक्किपन् आवश्यकता अनुसार छिटो निर्णय लिन सक्ने क्षमता र वस्तुवादी योजनाहरुको निर्माण उहाँको विशेषता थियो । सँगठन निर्माण र जनपरिचालनमा सत्य, नयाँपन र पारदर्शिता अपनाउँनु उहाँका थप विशेषताहरु हुन् । पार्टीले अहिले जस्तो वहुपदीय प्रणाली नअपनाइ सँगठनका सम्पूर्ण प्राधिकार सचिवकै हातमा रहने अवस्थाताका वा दशवर्षे जनयुद्धको क्रममा लामोकालसम्म पाँचथर जिल्ला सचिवको भूमिकामा हुनुहुन्थ्यो । त्योभन्दा अगाडि पार्टीसंवद्ध जातीय मोर्चा किरात राष्ट्रिय मुक्तिमोर्चाको केन्द्रिय सचिवालय सदस्य जस्ता गरिमामय जिम्मेवारीमा थिए, जुन मोर्चा लिम्बुवान र किराती मोर्चाको एकता भइ २०५८ सालमा निर्माण भएको थियो ।

अधिकार प्राप्तिको आन्दोलनको स्वरुप फेरिएपछि अर्थात शान्तिप्रकृयापछि जिल्लाद्धारा उत्पादित नेतृत्वहरु आ–आफ्नै जिल्लामा केन्द्रित हुनुपर्ने अवस्था आयो । सोहि परिस्थितिमा वरिष्टताको क्रममा कार्यबिभाजन हुनु स्वभाविक थियो, तर केन्द्रिय भूमिकाको दृष्टिले महाधिवेशन आयोजक समिति सदस्य र जिल्लामा यहीं कार्यविभाजनको आधारमा भएको जिम्मेवारीमा रहेकै बखत उहाँको पार्थिव शरीरमा दुर्भाग्यवश हामीले अन्तिम सलामी चढाउनु प¥यो । उहाँको कफनमाथि रक्तरंजित लालझण्डा दिएर उहाँको चितामा अन्तिम तर भावपुर्ण श्रदाण्जली अर्पण गर्नुप¥यो ।

२०५७ सालको सुरुताका मलाई पार्टीले पेशेवर कार्यकर्ता बनाइसकेपछि संगठन निर्माण कसरी गर्ने भन्ने चुनौतीका चाङ लागेका थिए । संगठन नहुँदो हो त मृत्युको विकल्प थिएन । त्यो अवस्थामा आफुसँग भएका सामाजिक सम्बन्ध र व्यक्तिगत सम्बन्धहरुको सहारा लिएका थियौं । जति पेशेवर कार्यकर्ता थियौं, सबैले त्यस्ता सम्बन्धहरु पछ्यायौं पनि । पाँचथरका पूर्वीउत्तरतिरका गा.वि. स.हरुमा जाने भाग मेरो प¥यो । ०४८÷४९ सालतिर एमाले सम्वद्ध अनेरास्वियुको जिल्ला तहमा सँगै काम गरेका थियौ आईन्द्र जीसँग । यो नाताले मैले आईन्द्र कुमार केरुङ्गलाई माओवादीमा आवद्ध गराउँन धेरै पटक धाएँ । उहाँ त्यसबेला एमालेको गाउँ कमिटी सचिवको हैसियतमा हुनुहुन्थ्यो । यसरी धाएपछिको परिणाम स्वरुप उहाँकै प्रयत्नले तत्कालीन अवस्थामा जनयुद्ध समर्थन समिति प्राङबुङ्गमा बन्यो । आईन्द्र केरुङ्ग पार्टीमा आइसकेपछि भूमिगतशैलीले प्राङ्गबुङको सबै वार्डहरुमा डुलेका थियौ । कमिटीहरु निर्माण गरेका थियौं । एमाले गाउँकमिटीमा रहेका सबै मानिसहरु अपवाद वाहेक माओवादीमा आवद्ध भए । जो आजसम्म कार्यरत छन् । अरुतिर पनि अरु साथिहरुको पहलमा कमिटीहरु विस्तार हुनाले पार्टी फराकिलो बन्नथाल्यो ।

करिव ०५८ सालको सुरु सुरुबाट उहाँपनि पेशेवर कार्यकर्ताको रुपमा देश र जनताप्रति समर्पित हुनभयो र उहाँसँगै धेरै साथिहरु पेशेवर कार्यकर्ता भए । त्यसमा प्रमुख योगदान र पहल आईन्द्रकै थियो । अहिलेको तुलनामा जनयुद्धको बेला जिल्लाको भूमिका असाध्यै महत्वपूर्ण हुन्थ्यो । किनकी त्यसबेला योद्धाहरुको मनोबल उच्च राख्ने सैन्य मनोविज्ञानसँग सबै क्रियाकलापहरु अन्तरसम्बन्धिच हुन्थे । कुनै एउटा जिल्लाले सन्तुलन मिलाएर युद्धलाई अगाडि लैजान नसक्ने अवस्था आएको खण्डमा अर्को जिल्लाले ठू–ठूला भौतिक क्षति समेत व्यहोर्नु पर्ने हुन सक्दथ्यो । त्यस्ता संगीन घडीमा उहाँले जिल्ला सचिवजस्तो जिम्मेवारी पाउँनुलाई पार्टीद्धारा योगदानको उचित मूल्याङ्कन भएकै थियो भन्ने अर्थ लाग्दछ । त्यतिमात्र होईन ०७० मा भएको ऐतिहासिक संविधानसभाको चुनावमा पार्टी फुटेको अवस्था भएपनि पाँचथर क्षेत्र नं १ बाट प्रत्यक्षतर्फको संविधानसभा सदस्यको उमेदवार समेत बनायो र सम्मानजनक मतपनि आयो । यि अवशरहरु चानचुने थिएन । सायद यि अवशरहरुलाई अन्य दल र व्यक्तिहरुले पनि त्यसरी नै बुझेको हुनुपर्दछ ।

जनयुद्धको बेलामा तत्कालीन शाहीसेनाको घेरा तोड्दा थुप्रैपटक असिना झै बर्षिएका गोलीले छुन नसकेको आईन्द्र कुमार केरुङ्ग अहिलेको सामान्य अवस्थामा हुन पुगेको मृत्यवरणलाई संयोगमात्र मान्न सकिदैन, विडम्वना नै भन्दा अत्यक्ति नहोलान् । यसप्रकारका गहन जिम्मेवारी, कुशल संगठकको ऐतिहासिक पृष्ठभूमि, त्यहीं अनसारको ओज र गरिमाका सम्मानीत व्यक्ति हुँदाहुँदैपनि शान्तिप्रकृयापछि क्रमश उहाँले अपनाएका जीवनशैली र कार्यशैलीबीच अन्तरविरोधहरु देखापर्न थालेका थिए । त्यो उचाइबाट हेर्दा उहाँको गरिमा र ओजहरु लोभलाग्दा थिए तर जीवनशैलीबाट समकक्षी साथिभाई लगायत सबै कार्यकताहरु हतप्रभ पनि भएका थियौं । यसै विषयलाई लिएर प्रत्यक्ष अप्रत्यक्ष एकल वा सामुहिक तवरले पटक पटक छलफल बहसहरु पनि नभएका होईनन् । विडम्वना सोचेजस्तो हुन सकिरहेको थिएन ।

केहि कमीकमजोरीका वावजुद्ध पनि ऊनी चील नै भएर उडेका थिए, जसले कहिलेपनि कुखुरा जस्तो भुईंमात्र खोस्री हिडेनन् । यो भनाइ रोजा लक्जम्बर्गको श्रदाञ्जली सभामा क. लेनिनले भनेका थिए । रोजा लक्जम्बर्गको षिषयमा लेनिनले भनेको कुरा विश्वको लागि थियो तर पाँचथरको हकमा हामी समकक्षीहरु आईन्द्र कुमार केरुङ्गको बारेमा झण्डै झण्डै यहीं निश्कर्षमा पुग्न लाग्दा अन्तिम श्रदाञ्जली अर्पण गर्नु परेको थियो । माथि उल्लेखित सन्दर्भहरु जेसुकै भएपनि उहाँको देवशान सबैको लागि अप्रत्यासित, दुःखद र असामयिक नै हुन पगेको छ भन्ने कुरा विवाद र विमतिरहित छ ।

लेखक जवेगू,पूर्व राज्यमन्त्री हुन् । 

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर