पाँचथरको गोपेटारमा भएको फुटबल प्रतियोगितामा आयोजकको विजयी सुरुवात

Thursday, April 12th, 2018 at 7:52 pm खेलकुद, फिचर फोटो, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

जङ्ग तामाङ /चैत्र २९,२०७४

पाँचथरको हिलिहाङ गाउँपालिकाको वडा नम्वर – ३ गोपेटारमा आजदेखि सुरु भएको फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक गोपेटार ‘सि’ ले विजयी सुरुवात गरेको छ । सिरिजङ्गा मा.वि.को खेलमैदानमा भएको खेलमा नाँगि–७ विरुद्ध १–० गोल गर्दै गोपेटार ‘सि’ विजयी भएको हो । गोपेटार ‘सि’ लाई जिताउन कुमार चापागाईले एक गोल गरे । उनले गरेको गोल नै खेलको निर्णायक बन्यो । प्रतियोगितामा १० टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १ लाख ५ हजार रुपैयाँ र उपविजेताले ७५ हजार नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिता नव वर्षको अवसरमा गोपेटार कल्चरल ग्रुपले आयोजना गरेको हो भने प्रतियोगितालाई हिलिहाङ गाउँपालिका र ३ नम्वर वडापालिकाले सहयोग गरेको हो । प्रतियोगिताको उद्घाटन नेपाल रेडक्रस सोसाइटी आगेजुङ उपशाखा सभापति देउमान खत्रीले गर्नुभयो । उहाँले नव वर्षको अवसरमा शुभकामना व्यक्त गर्दै खेल क्षेत्रको विकासमा सवै सरोकारवालाहरु एक जुट हुनु पर्नेमा जोड दिनु भएको थियो । उद्घाटन समारोहमा प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारका प्रमुख डा. अभिशेख थपलिया,गोपेटार बजार व्यवस्थाप समिति अध्यक्ष प्रल्हाद खरेल लगायतको सहभागिता रहेको थियो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर