ताप्लेजुङलाई स्तव्ध पार्दै सुनसरी पाँचथर गोल्डकपको फाइनलमा

Thursday, April 12th, 2018 at 7:41 pm खेलकुद, फिचर फोटो, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

जङ्ग तामाङ/चैत्र २९,२०७४
मिसन युनाइटेड क्लव ताप्लेजुङलाई पराजित गर्दै न्यू स्टार क्लव सुनसरी,पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनल चरणको पहिलो खेलमा ताप्लेजुङलाई सुनसरीले ३–० गोलले पराजित ग¥यो । सुनसरीको जितमा खेलको २७ औँ मिनेटमा टंक वस्नेतले गोल गरे । निशान लिम्वूको पासलाई उनले गोलमा परिणत गरे । पहिलो हाफ १–० गोल अन्तरमा सकिएको खेलको दोश्रो हाफको ५३ औँ र ६७ औँ मिनेटमा सुनसरीका सुशिल राईले ताप्लेजुङ विरुद्ध २ गोल गरे । खेलको ७२ औं मिनेटमा ताप्लेजुङका स्ट्राइकर कर्ण लिम्बूलाई डिबक्स एरियाभित्र लडाएपछि सुनसरीका डिफेन्डर जीतेन्द्र खत्रिलाई रेफ्रिले रातो कार्ड दिएका थिए । त्यसपछि दवावमा परेको सुनसरी विरुद्ध ताप्लेजुङ हावी हुन खोजेपनि गोल गर्नबाट भने चुके । खेलको म्यान अफ दि म्याच सुनसरीका सुशिल राई भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे । अव सुनसरीले फाइलनमा उपाधी रक्षाका लागि भोली हुने विर्ता युनाइटेड क्लव झापा र रेडहर्ष इलामवीचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर