असल कृषि अभ्यासमा जोड दिन सके अदुवाले राम्रो मुल्य पाउन सक्ने सरोकारवालाहरुको जोड

Thursday, April 12th, 2018 at 6:10 pm News Headlines, विशेष, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

लक्षिमा तामाङ /चैत्र २९,२०७४
नगदेवाली अदुवा उत्पादनका दृष्टिले बलियो मानिन्छ । पाँचथरका अधिकाँश किसानहरु अदुवा खेतीमा संलग्न छन् । उत्पादन भए अनुसार अदुवाबाट किसानले भने जस्तो मुल्य नपाइरहेका छन् । मुल्य नपाउनुमा गुणस्तरीय उत्पादनमा ह्रास आएको पाइएको छ । किसान र व्यापारी एकापसमा आरोप प्रत्यारोप लगाउँदै आएपनि मुख्यत उत्पादकको भूमिकामा रहने किसानले नै असल कृषि अभ्यासको थालनी गर्नुपर्नेमा सरोकारवालाहरुको जोड छ । कृषि व्यवसायबाट अर्थतन्त्र मजबुद बन्न नसक्नुको कारण कृषिमा आधुनिकीकरण,स्वच्छ उत्पादनमा जोड नदिनु रहेको पाइएको छ । उन्नती समावेशी वृत्ति कार्यक्रम अन्तर्गत कृषक समूह महासंघले अदुवामा असल कृषि अभ्यास सम्बन्धी गरिएको बहसमा सो कुरा बताइएको हो ।
पाँचथरको हिलिहाङ गाउँपालिकाको जोरपोखरीमा पनि अदुवामा असल कृषि अभ्यास सम्बन्धी बहस गरिएको छ । बहसमा उपस्थित अदुवाका अगुवा कृषक,जनप्रतिनिधिहरु,कृषि व्यवसायीहरुले पनि असल कृषि अभ्यास अवलम्बन गर्नुपर्नेमा जोड दिएका थिए । अदुवा खेतीमा देखा परेका समस्याहरु समाधान गर्न सरोकारवाला निकायका साथै सम्पूर्ण पक्षबाट असल कृषि अभ्यासमा केन्द्रित हुनुपर्नेमा उनीहरुको जोड छ । अदुवा उत्पादकहरुबाट अदुवाको रोपण,अदुवा निकाल्न,भण्डारण गर्न,ग्रेडिङ गर्न,प्याकेजिङ गर्ने समयमा ध्यान नदिनु,अर्गानिक अदुवा उत्पादन नगर्नाले नै अदुवाले उचित मुल्य नपाइएको जानकारहरुको भनाइ छ ।
अदुवा उत्पादनको लागि असल कृषि अभ्यासको अवधारणालाई अवलम्बन गरि उत्पादनको जगमा रहेका कृषक व्यवसायीहरुलाई नै उचीत तालिम र परामर्शको आवश्यकता रहेको छ । यसका लागि सरोकारवाला निकाय सबै पक्षबाट सहकार्य गर्न र अर्गानिक उत्पादनमा सफल हुन सके अदुवाले गतिलो मुल्य पाउन सक्छ भन्नुमा दुविधा छैन ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर