पाँचथरमा वैशाख २ गतेदेखि आर्थिक गणना गरिने

Wednesday, April 11th, 2018 at 6:16 pm News Headlines, फिचर फोटो, विशेष, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

जङ्ग तामाङ/ चैत्र २८,२०७४
पाँचथरमा वैशाख २ गतेदेखि आर्थिक गणना गरिने भएको छ । पहिलो पटक गर्न लागिएको आर्थिक गणनाको आवश्यक तयारी सकिएकोले जिल्लाको सवै स्थानीय तहहरुमा वैशाख २ गतेदेखि आर्थिक गणना गरिने जिल्ला आर्थिक गणना कार्यालयले जनाएको छ । कार्यालय प्रमुख प्रकाश अधिकारीले आर्थिक गणनाको तयारी स्वरुप २२ जना गणक र ३ जना सुपरीवेक्षकहरुलाई ५ दिने तालिम दिएको र सम्वन्धित स्थानीय तहहरुमा पनि खटाइएको बताउनुभयो । उहाँका अनुसार आर्थिक गणना जेठ १५ गतेसम्म गरिनेछ । सो क्रममा आर्थिक पक्षसँग जोडिएका उद्योग कलकारखाना ,पसल,विभिन्न फर्म लगायतका आर्थिक इकाइहरुको तथ्याङ्क संकलन गरिने छ । आर्थिक गणनापछि जिल्लाको वस्तु तथा सेवाको उत्पादन र रोजगारीको स्थितीबारे जानकारी हुनेछ ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर