महिलामाथी हुने हिंसा र जबरजस्तीकरणी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

Wednesday, April 4th, 2018 at 7:46 am News Headlines, विशेष, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

लक्षिमा तामाङ
पाँचथर,२१ चैत
3 (1)

जिल्ला प्रहरी कार्यलय पाँचथरले महिलामाथी हुने हिंसा र जबरजस्तीकरणी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार महिला हिंसा र जबरजस्तीकरणीका घटना न्यूनिकरणका योजना तय गर्दै सो कार्यक्रम सम्पन्न भएको हो । महिला हिंसा अन्त्यका लागि  जिल्ला प्रहरी कार्यालय पाँचथर सिनियर प्रहरी अधिकृत सहित महिला सेल,अपराध अनुसन्धान शाखाका प्रहरी कर्मचारी, महिला तथा बालबालिकासँग सम्बन्धित संघसस्थाहरु,अन्य सरोकारवाला निकायहरु संग समन्वय गरी सबै गाँउपालिकाको अध्यक्षहरु तथा सम्पुर्ण पदाधिकारिसँग समनवय गरी नगर पालिका तथा गाउपालिकाको ग्रामिण भेग सम्म पुगी कार्यक्रम संचालन गर्ने योजना तय भएको छ । त्यस्तै लक्षित बर्गका क्षेत्र पहिचान गरी त्यस क्षेत्रमा चेतना मुलक कार्यक्रम सन्चालन गरिने जिल्ला प्रहरी कार्यलय पाँचथरले जनाएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर बस्नेत,फिदिम नगरपालिका उपाध्यक्ष उर्मिला प्रधान लगायत बिभिन्न संघसस्थाका पदाधिकारीहरु, महिला संजाल, संचारकर्मीहरुले महिला हिंसा, जबरजस्ती करणी नियन्त्रण तथा रोकथामको बारेमा बिचार राखेका थिए । पाँचथर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक बामदेव गौतमले महिलामाथी हुने बिभिन्न किसिमका हिंसाहरु तथा जबरजस्ती करणी, जबरजस्ती करणी उध्योग, यौनजन्य अपराध नियन्त्रणका लागी ३ महिने कार्ययोजना अगाडी सार्नुभएको थियो । कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा सम्पनन भएको हो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर