तमोर लिफ्ट खानेपानी आयोजनाको निर्णय सार्वजनिक ।

Saturday, March 31st, 2018 at 8:29 pm News Headlines, विशेष, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

लक्षीमा तामाङ/ चैत्र १७,२०७४
पाँचथरको कुम्मायक गाउँपालिका यासोकमा सञ्चालित तमोर लिफ्ट खानेपानी आयोजनाले बिभिन्न निर्णयहरु सार्वजनिक गरेको छ । डिविजन कार्यालय, उपभोत्ता समिति, निर्माण कम्पनी र जनप्रतिनिधि सहितको सयुक्त बैठकले आयोजनालाई गति दिनको लागि बिभिन्न निणर्यहरु सार्वजनिक गरेको हो । यासोक बजारमा स्थगित मूख्य पाईप लाइनको काम २०७५ साल बैसाख २ गते देखी सुरुहुने भएको छ । बजारको दुबै साईटमा पाईप बिस्तार गर्नका लागि प्राबिधिक समस्या भएको भन्दै लामो समय देखी पाइप बिस्तारको काम स्थगित हुदै आएको थियो । बजारमा देउराली खानेपानी आयोजनाको खानेपानीका पाइपहरु भएको र बजार अबेबस्थीत भएका कारण तत्काल काम गर्न समस्या भएको निर्माण कम्पनीले बताउँदै आएको थियो । बजारमा काम गर्ने बताबरण नभएको बताउँदै आएको निर्माण कम्पनीलाई यो निर्णय पछि पाइप बिस्तारको काममा बाटो खुलेको छ ।
कुल ५२ करोडको लागानीमा निर्माण सुरु भएको आयोजनाको कुल १० प्रतिशत स्थानिय उपभोक्ताहरुले जनश्रमदान गर्नुपर्ने हुन्छ । जसको १ प्रतिशत रकम प्रति घरधुरी बराबर २६ सय रुपमयाँ यस अघाडी नै बुझाएका उपभोक्ताहरुले बाकी ९ प्रतिशत जनश्रमदान गनुपर्ने उपभोक्ता समितिका सचिव देबेन्द्र कुमार लावतीले बतउनुभयो । बाँकी रहेको ९ प्रतिशत जनश्रमदानमा प्रति घरधुरी नगत ३ हजार र ३० मिटर सम्मको पाइप लाइनको खाडल तयार गर्नु पर्ने लावतीले भन्नुुभयो । जनश्रमदानको रुपमा उपभोत्ताको भागमा आयोजनाको पाईप लाइनको ३६ किलोमिटर परेको छ । जस्को काम उपभोत्ता स्वयमले जनश्रमदानको रुपममा काम गर्नु पर्ने हुन्छ उहाँले भनाई रहेको थियो ।
आयोजनाले प्रभाबित क्षेत्रमा कुल ३ हजार ४३ घरधुरीमा सोही संख्यामा धारा जडान गर्ने छ । उपभोत्ताले १० प्रतिशत जनश्रमदान गरिसकेपछि प्रतेक घरधुरीमा मिटर, धारा र पाईप निःशुल्क जडान गर्नु पर्ने हुन्छ । आयोजनाको काममा भूमिका निर्बाह गर्दै आएको उपभोत्ता समितिको यही बैसाख १६ गते अधिबेशन गरी नयाँ कार्यसमिति चयन गरिने लगायतका निणयहरु गरिएको छ । बैठकमा पाँचथर डिविजन प्रमुख सुरतलाल चौधरी, निर्माण कम्पनीका निर्माण ब्याबसायी सन्तोश बस्नेत, कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ, उपभोत्ता समितिका सचिव तथा वडा न. १ का वडा अध्यक्ष देबेन्द्र कुमार लावती लगायतको उपस्थीति रहेको थियो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर