छानविन गर्न बनेको समितिले आजबाट काम थाल्ने ।।

Tuesday, March 13th, 2018 at 9:34 am विशेष, समाचार

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.



सीआईएन /फाल्गुन २९,२०७४
हिजो भएको विमान दुर्घटनाबारे छानविन गर्न बनेको समितिले आजबाट काम थाल्ने भएको छ । आज मन्त्रिपरिषदको कार्यालयले आधिकारीक चिठी दिएपछि समितिले छानविन थाल्नेछ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले हिजो युएस–बांग्ला विमान दुर्घटनाको छानबिन गर्न ६ सदस्यीय समिति गठन गरेको थियो । बैठकले युएस–बांग्ला एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रालयका पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ६ सदस्यीय उच्चस्तरीय जाँचबुझ समिति गठन गरेको छ । त्यस समितिका सदस्यहरुमा नेपाली सेनाका प्रमुख सेनानी डा. राजीव देव, क्याप्टेन के.के शर्मा, क्याप्टेन सुनील प्रधान, इञ्जिनियर उद्धवप्रसाद सुवेदी र सदस्य सचिवमा पर्यटन मन्त्रालयका सह–सचिव बुद्धिसागर लामिछाने रहनुभएको छ । हिजो भएको यूएस बंगलाको विमान दुर्घटनामा ४९ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर