प्रदेश १ को नाम किरात हुनुपर्ने राई यायोख्खाको माग

Tuesday, March 13th, 2018 at 6:46 am News Headlines, फिचर फोटो, विशेष, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

जङ्ग ताामाङ /फाल्गुन २९,२०७४
प्रदेश नम्वर–१ को नामाकरण किराँत हुनु पर्ने राई जातिको सामाजिक संगठन किरात राई यायोख्खा पाँचथरले माग गरेको छ । किरात वंश भित्रका राई,लिम्वू,याख्खा र सुनुवार जातिको ऐतिहासिक थातथलो हालको प्रदेश नम्वर १ भएको भन्दै प्रदेशको नाम किरात प्रदेश हुनु पर्ने यायोख्खाले जनाएको छ । किरात प्रदेश राख्दा किरात वंशभित्रका सवै आदिवासी समुदायको ऐतिहासिक भूमिको नामाङ्कन हुने र पहिचान पनि झल्किने राई यायोख्खाका निवर्तमान पाँचथर अध्यक्ष तथा लेखक सगुन सुसाराले बताउनुभयो । यायोख्खाले प्रदेशको नाम किरात निर्धारण गर्न दवाव दिन पाँचथरको फिदिममा हस्ताक्षर अभियान पनि हिजोदेखि सञ्चालन गरेको छ । तर यहि फाल्गुन २७ गते मात्रै किरात राई यायोख्खा र किरात याक्थुङ चुम्लुङले दुवै संगठनका केन्द्रिय उपाध्यक्षहरु रहेको कार्यदल निर्माण गदै प्रदेशको सर्वमान्य नाम सिफारिस गर्न कार्यदललाई जिम्मा दिएको छ । यता लिम्वू नागरिक अगुवाहरुले भने किरात– लिम्वुवान प्रदेशको नाम हुनु पर्ने माग गर्दै आएका छन् । प्रदेशका अर्थमन्त्री इन्द्र आङ्बो(मौसम)लाई ज्ञापन–पत्र बुझाउँदै प्रदेशको नाम र सरकारी कामकाजी भाषा नेपाली भाषाको अतिरिक्त लिम्वू भाषालाई बनाउन माग गरेका छन् ।

 

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर