खालि घर भएको गाउँ बन्दै पाँचथरको ढुकुरे गाउँ

Tuesday, March 13th, 2018 at 6:57 am News Headlines, फिचर फोटो, विशेष, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

IMG_20170504_074024
जङ्ग ताामाङ/ फाल्गुन २९,२०७४
पाँचथरको दक्षिणी क्षेत्रको स्थानीय तह तुम्वेवा गाउँपालिकाको वडा नम्वर–१,साविक आङ्नाको ढुकुरे गाउँ खालि घर भएको गाउँ बन्दै गएको छ । बसाईसराइले गर्दा ढुकुरेका अधिकाँश घरहरु खाली छन् । करिव ४५ घरमध्ये २५ घरमा पनि मानिस बस्दैनन् । १० वर्ष यता ढुकुरेमा बसाईसराई तीव्र देखिन्छ । गाउँमा भएका केही कुवा पनि सुकेपछि वसाईसराई दर बढेको हो । तर बसाई सरेकामध्ये अधिकाँशले घरजग्गा भने बेचेका छैनन् । गत वर्ष वसाई सरेका यामवहादुर ढुङ्गाना वसाई सर्नुको मूख्य कारण खानेपानी अभाव नै भएको बताउँछन् । पानीका मुहानहरु सुकेपछि धारामा पानी आउन छाडेकाले बसाईसराईको विकल्प नभएको बताए । ‘घरजग्गा त्यतिकै छोडेर हिँडियो । बाउ बाजेको सम्पती बेच्न मायाँ लाग्छ ।’ उनले भने, ‘पानी नभएपछि के गर्नु ? बाउ–आमा निक्कै टाढादेखि पानी पिठ्युँमा बोकेर खान्थे । बरु मधेशमा यति दुःख हुँदैन भनेर लिएर आएँ ।’ ढुकुरे गाउँमा २ वटा कुवा छन् । वर्षात् हुँदा अलिअलि पानी रसाउँछ । एक गाग्रो पानी भर्न विहान जान्छ । गाइवस्तुलाई खुवाउन खोलामा पु¥याउनुपर्छ । १० वर्ष अघि बसाई सरेर झापाको बुधबारे पुगेका सनमान थिङ तामाङले पानी अभावले काकाकुल बन्नु परेकाले नै बसाई सरेको बताए । ‘पानी छैन । मान्छेले के खानु ? वस्तुलाई के खुवाउनु ?मर्नु भन्दा त बसाई सर्नुप¥यो ।’उनले भने, ‘गाउँघरको मायाँ लागेर आउँछ । पानीको सुविधा भएको भए बसाई सर्नु पर्ने थिएन ।’ ढुकुरेको डिही टोलमा भने सोही वडा अन्तरगत पर्ने लुमाङदिङ खोलास्थित देउराली भन्ने ठाउँदेखि पानी लगिएको छ । सो पानीले करिव १० घरलाई धानेको छ ।
सोही टोलका अर्जुन दाहालले तमोर लिफ्टिङ खानेपानी आयोजना सञ्चालन हुने आशले कतिपय गाउँमै बसिरहेका बताए । सरकारले आयोजनाबाट खानेपानी मात्रै नभई सिचाईका लागि पनि पानी उपलव्ध गर्ने जनाएको छ । यसले गर्दा ढिलै भएपनि आयोजना निर्माण कार्य सम्पन्न भई पानी वितरण हुने आश ढुकुरेवासीको छ । वडाध्यक्ष समेत रहेका तुम्बेवा गाउँ कार्यपालिका सदस्य मोतिराज मोक्तान तामाङले अढाई वर्षसम्ममा तमोर लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न हुने र खानेपानी समस्या समाधान हुने बताए । ठेकेदार कम्पनी कन्काई–स्वामी–प्रेरा जे.भि.सँग आयोजना निर्माणका लागि अढाई वर्षे सम्झौता भएको उनले बताए ।‘ठेकेदार कम्पनीले काम पनि थाल्यो । तमोर नदि छेउमा निर्माण गरिने इन्टेकको काम हुँदैछ । ७ वटामध्ये तेश्रो ट्याङ्क जाने बाटो खनि सकियो,दोश्रो पनि सकिन लागेको छ ।’ उनले भने, ‘कामले गति लियो । सम्झौता अवधिमै काम सम्पन्न गराएर पानी उपलव्ध गराउने योजनामा छौँ ।’ आयोजना निर्माण भएपछि वसाई सराई नियन्त्रण हुने अपेक्षा गरिएको छ । यससँगै बसाई सरेर गएकाहरु पनि कतिपय गाउँ फर्किन सक्ने सम्भावना छ । वडाध्यक्ष तामाङले गाउँ फर्किउन भन्ने चाहना रहेको बताए । तुम्वेवाको ढुकुरेसँगै,आहाले,चनौटे,लुमाङदिङ,आम्बोटे,माखिम,रातमाटे,थेपाङ,सोभारा,चुवाडे,मेवा,खैरेनीसँगै साविक हाङगुमको भर्लेनी ,तिल्केनी लगायतका गाउँहरुमा पानीको हाहाकार छ । यी ठाउँहरुबाट बसाईसराई दर बढि छ ।

 

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर