प्रदेश नम्वर १ को नामाङकन पहिचानको आधारमा हुनु पर्ने किरात याक्थुङ चुम्लुङ र राई यायोख्खाको माग

Sunday, March 11th, 2018 at 7:36 pm News Headlines, फिचर फोटो, विशेष, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

जङ्ग तामाङ/ फाल्गुन २७,२०७४

किरात लिम्वू र राई जातिको जातिय संस्थाहरुले पहिचानका ५ र सामथ्र्यका ४ आधारमा प्रदेश नम्वर–१ को नामाङ्कन गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन् । आदिवासी जनजातिहरुको अधिकार सम्वन्धिको संयुक्त राष्ट्र संघीय घोषणा पत्र र अन्तराष्ट्रिय श्रम संगठन १६९ ले आदिवासी समुदायलाई आफ्नो भूमिको नामाङ्कन गर्ने अधिकार पनि दिएको भन्दै मूख्य २ आदिवासी समुदाय राई र लिम्वूको भावना विपरित प्रदेश नम्वर १ को नामाङ्कन नगर्न भनिएको छ । प्रेस विज्ञप्ती जारी गर्दै किरात याक्थुङ चुम्लुङका अध्यक्ष उत्तमसिं थाङ्देन र किरात राई यायाृख्खाका अध्यक्ष तिलक राईले सगरमाथा,विराट ,कोशी जस्ता नामहरु स्वीकार्न नसकिने बताएका छन् । दुवै संस्थाले हालै गठन गरेको कार्यदलले प्रदेशको नामाङकन र सीमाङ्कनका लागि सुझाव दिइने चुम्लुङको केन्द्रिय सचिव निरन्ती तुम्वापोले सुम्हात्लुङ सम्वाददातालाई बताउनुभयो । उहाँले सम्भावित प्रदेशको नाम के हो भन्ने प्रश्नमा नामाङ्कन किटान नगरिएको बताउँदै दुवै संस्थाको उपाध्यहरु रहने गरी नामाङकनका लागि कार्यदल गठन गरिएको बताउनुभयो ।

किरात याक्थुङ चुम्लुङको दशौँ केन्द्रिय महाधिवेशन पनि भोलीदेखि धरानमा हुने र सोही महाधिवेशनले प्रदेशको नामाङकनका लागि चुम्लुङले स्पष्ट धारणा तय गर्ने पनि तुम्बापाले बताउनुभयो । तर किरात राई यायोख्खाको विद्यार्थी संगठनले किरात प्रदेश नामाकरण गर्न आग्रह गर्दै आएको छ । यता प्रादेशिक भाषिक तथा नामाकरण अभियान मञ्चले भने किरात लिम्वूवान भन्दै आएको छ । प्रदेश संसदमा भने १ नम्वर प्रदेशको नामाङ्कन सगरमाथा हुनु पर्नेमा चर्चा चल्दै आएको छ । तर प्रदेश नम्वर १ को पूर्वी क्षेत्र किरात लिम्वू र पश्चिम क्षेत्र भने किरात राई समुदायको ऐतिहासिक भुगोल हो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर