वर्षात नहुँदा पाँचथरको जौवारीका आलु किसान चिन्तित

Sunday, March 11th, 2018 at 7:34 pm News Headlines, फिचर फोटो, विशेष, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

जङ्ग तामाङ/ फाल्गुन २७,२०७४
तरकारीको पकेट क्षेत्रमध्येमा पर्ने पाँचथरको जौवारीमा तरकारी खेतिका लागि पानी अभाव देखिएको छ । किसानले रोपेको आलु उम्रिएपनि पानी अभावले मर्ने अवस्थामा पुगेको छ । सदरमुकाम फिदिममा बढि आलु निर्यात गर्दै आएका जौवारीका किसानहरु ८ महिनादेखि पानी पनि नपरेको र जमिन पनि चिसो नभएको बताउँछन् । जमिन सुख्खा भएकाले आलु फल्नेमा किसानहरु विश्वस्त छैनन् ।

लेकाली क्षेत्र भएकाले जौवारीमा मकै निक्कै कम फल्ने गरेको छ । धान भने पटक्कै फल्दैन । आलु,काउली,कोपी,रायो,मुला लगायतका तरकारी बालीको भने उत्पादन राम्रो हुने गरेको छ । तर पनि वर्षातको सिजन भएपनि हालसम्म वर्षात पनि नहुनु र खोलाखोल्सीमा पनि पानीको मुहान सुक्दै जानुले जौवारीबासी थप चिन्तित भएका छन् । कतिपयले भने खोल्सीमा अलि अलि रसाएको पानी पनि पाइपबाट ल्याएर तरकारी वालिमा लगाउने गरेका छन् । जौवारीकै अर्का किसान विमला साम्सोहाङ तुम्बापोले पानीकै कारण तरकारीसँगै अन्य नगदे वालीहरु नफस्टाएको बताउनु भएको छ ।

पाँचथरको जौवारीका मानिसहरुको मूख्य पेशा नै तरकारी खेती हो । यससँगै पशुपालन पनि हो । वार्षिक रुपमा एउटै घरका किसानले दुधबाटै लाख रुपैयाँ भन्दा बढि आम्दानी लिन्छन् । तरकार िखेतीबाट पनि लाखौँ रुपैयाँ आम्दानी लिँदै आएका छन् । तर यसवर्ष समयमै वर्षात नहुँदा तरकारीको व्यवसायिक खेती गर्दै आएका किसानहरु मारमा परेको अर्का स्थानीय अस्मिता तुम्बापोले बताउनुभयो । पाँचथरको जौवारीसँगै मजिटे,साम्दीन,तालखर्क,असिने,लालिखर्क लगायत क्षेत्रका किसानहरुले व्यवसायीक रुपमै तकारी उत्पादन गर्दै आएका छन् ।

 

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर