पाँचथरको फिदिममा भएको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा १८ पदक जित्दै फिदिम मा.वि. पहिलो

Saturday, March 10th, 2018 at 7:24 pm खेलकुद

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

जङ्ग तामाङ /फाल्गुन २६, २०७४
पाँचथरको फिदिममा भएको अन्तर माद्यमिक विद्यालय, जिल्ला स्तरिय राष्ट्रति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा फिदिम मा.वि. पहिलो भएको छ । भलिवल,एथ्लेटिक्स,कबड्डी,कराँते र तेक्वान्दोको ४२ वटा पदकको लागि भएको प्रतिष्पर्धामा फिदिम मा.वि.ले १० स्वर्ण पदक र ८ रजत गरी १८ पदक प्राप्त गर्दै पहिलो बनेको हो । प्रतियोगितामा ९ स्वर्ण,२ रजत र १ कास्य पदक प्राप्त गर्दै याङवरकको गणेश मा.वि. दोश्रो हुँदा फिदिममै रानिटार मा.वि.८ स्वर्ण र ४ रजत पदक प्राप्त गर्दै तेश्रो भएको छ । मिक्लाजुङको दुर्गा मा.वि. रवि ४ स्वर्ण, ९ रजत पदक ,फिदिमको इथुङ मा.वि.रानिटार ५ स्वर्ण ,४ रजत पदक र नमुना मा.वि.ले २ स्वर्ण प्राप्त गर्दै क्रमश चौथो,पाँचो र छैठौँ भएको आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगितामा एउटा मात्रै स्वर्ण पदक प्राप्त गर्ने विद्यालयहरुमा फाल्गुनन्द गाउँपालिकाको जयनारायण आदर्श मा.वि. आङसराङ,निलकण्ठ बोर्डिङ स्कुल फिदिम,कालिका मा.वि. बाबुङबा,कालिका मा.वि. साम्दीन,निलगिरी मा.वि. सुभाङ,पशुपति मा.वि. सिंगापुर र मेचि इङलिस बोर्डिङ स्कुल परेको समितिले जनाएको छ । खेलकुद प्रतियोगिता अस्ति विहिबारदेखि भएको थियो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर