डेनमार्क सरकारको करोडौँ सहयोगमा पाँचथरमा भइरहेको सडक स्तरोन्नतीको काम सन्तोषजनक नभएको सरोकारवालाको भनाइ

Saturday, March 10th, 2018 at 7:22 pm News Headlines, फिचर फोटो, विशेष, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

जङ्ग तामाङ/ फाल्गुन २६, २०७४
डेनमार्क सरकारको करोडौँ रुपैयाँ अनुदानमा उन्नती कार्यक्रम मार्फत ठेकेदार कम्पनीहरुले पाँचथरको फालेलुङ गाउँपालिकाको विभिन्न सडकहरुको स्तरोन्नती कार्य गरिरहेपनि सडक स्तरोन्नतीको प्रगती भने सन्तोषजनक नभएको पाइएको छ । गौरी–पार्वती÷मृत संजिवनी जे.भि. काठमाण्डौँ, गजुरमुखी निर्माण कम्पनी प्रा.लि.इलाम र एस.ए.एस. कन्स्ट्रक्सन प्रा.लि.मोरङले स्तरोन्नतीको जिम्मा पाएको सडकको स्तरोन्नती कार्यको प्रगती सन्तोषजनक नभएको पाइएको हो । ती ठेकेदार कम्पनीहरुले दोश्रो पटक म्याद थपिएको अवधि सकिन करिव साढे ३ महिना छँदा पनि सडक स्तरोन्नतीको काम भने आधा पनि सकेका छैनन् । गौरी–पार्वती÷मृत संजिवनी जे.भि. काठमाण्डौँले अन्तिम पटक थपिएको म्याद सकिन अढाई महिना मात्रै रहँदा काहुले–एकतिन–मेमेङ सडकको पहिलो खण्डको काम ५५ प्रतिशत मात्रै सम्पन्न गरेको छ । सो सडक खण्डको स्तरोन्नती आगामी वैशाख १७ गतेसम्ममा सकिनु पर्ने बाध्यतात्मक स्थिती छ ।

करिव साढे १४ किलोमिटर सडकको स्तरोन्नतीका लागि ७ करोड ७६ लाख ६८ हजार रुपैयाँ बजेट छ । काहुले–एकतिन–मेमेङ सडककै दोश्रो खण्डको काम पनि ३० प्रतिशत मात्रै सम्पन्न भएको छ । यो सडकको स्तरोन्नतीको जिम्मा पनि गौरी–पार्वती÷मृत संजिवनी जे.भि. काठमाण्डौँले नै ७ करोड ५६ लाख ६५ हजार रुपैयाँमा पाएको छ । ठेकेदार निर्मल उप्रेतीले स्तरोन्नतीको काममा ढिलाई गर्दा बजेट फिर्ता हुने स्थिती पनि निम्तिएको छ । सडक स्तरोन्नतीको प्राविधिक पक्ष हेर्दै आएको जिल्ला प्राविधिक कार्यालयका प्रमुख जिल्ला इञ्जिनियर जयराम श्रेष्ठले निर्माण व्यवसायी उप्रेतीबाट स्तरोन्नती कार्यमा ढिलाई भएको बताउनुभयो । यससँगै उहाँले गत वर्षायाममा अधिक वर्षा भएको ,पर्याप्त कामदार र निर्माण कार्यमा प्रयोग गरिने निर्माण सामग्रीको अभाव भएकाले पनि निर्माणको काममा ढिलाई भएको पाइएको बताउनु भएको छ ।

फालेलुङ्कै काहुले–चरिभञ्ज्याङ–ओयाम सडक स्तरोन्नतीको जिम्मा पाएको गजुरमुखी निर्माण कम्पनी प्रा.लि.इलामले पनि काम २५ प्रतिशत मात्रै सम्पन्न गरेको छ । ५ किलोमिटर बढि सडकको स्तरोन्नतीका लागि ४ करोड २९ लाख ५० हजार रुपैयाँमा गजुरमुखीले ठेक्का पाएको भएपनि स्तरोन्नती थालेको ६ महिनामा २५ प्रतिशत मात्रै काम भएकोले बाँकी ३ महिनामा काम सक्न चुनौतीपूर्ण देखिएको छ । गजुरमूखी निर्माण कम्पनीले नै ठेक्का पाएको फिदिम नगरपालिकाको सुम्निमाचोक–रानिटार सडकको स्तरोन्नतीको काम पनि त्यस्तै छ । अझै ७० प्रतिशत काम गर्न बाँकी नै छ । एस.ए.एस.कन्स्ट्रक्सन प्रालि.मोरङले पनि जिल्लाको फालेलुङ र हिलिहाङ गाउँपालिका जोड्ने करिव १० किलोमिटर सडक स्तरोन्नतीको काम सुस्त गतिमा रहेको पाइएको छ । सम्झौता अनुसार काम सक्नु पर्ने अवधि डेढ पनि छैन । तर हालसम्म ४० प्रतिशत मात्रै काम भएको छ । उन्नती कार्यक्रम अन्तरगत जिल्ला समन्वय कार्यालय पाँचथर मार्फत सञ्चालनमा रहेका अन्य निर्माण कम्पनीहरुले पाएको सडकको स्तरोन्नती कार्य भने सन्तोषजनक नै रहेको पाइएको छ ।

याक्थुङहाङ ÷एस.ए.एस. कन्स्ट्रक्सनले संयुक्त रुपमा जिम्मा पाएको मिक्लाजुङको सप्तमी–सराङडाँडा सडक खण्ड स्तरोन्नतीको काम भने सकिन लागेको छ । फालेलुङकै काहुले–एकतिन–मेमेङ खण्डमै पर्ने खेवाथाम खोलामा निर्माणधिन पुलको पनि काम सकिने अवस्थामा छ । पाँचथरको फिदिममा आज जिल्ला समन्वय समितिको कार्यालयले आयोजना गरेको प्रगती समिक्षा कार्यक्रममा फालेलुङको काहुले–एकतिन–मेमेङ सडक स्तरोन्नतीको कामको प्रगती कम भएको भन्दै ठेकेदार निर्मल उप्रेतीलाई काम सम्झौता अनुसार नै सक्न भनिएको छ । गजुरमुखी निर्माण कम्पनीका निर्देशक डम्बर खड्कालाई पनि सम्झौता अनुसार नै काम सक्न उन्नती कार्यक्रमका पूर्वाधार विज्ञ नारायण केसीले आग्रह गर्नुभयो । यससँगै जिल्लास्थित राजनीतिक दलका जिल्लास्थित नेतृत्व,प्रमुख जिल्ला अधिकारी र जनप्रतिनिधिहरुले जसरी भएपनि काम सक्न उप्रेती र खड्कालाई आग्रह गर्दै नसक्ने अवस्था हो भने उपभोक्ता समितिहरुलाई जिम्मा दिन पनि भनेका थिए ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर