पाँचथरमा पनि १०८ औँ अन्तराष्ट्रिय महिला दिवस मनाइयो

Thursday, March 8th, 2018 at 9:41 pm News Headlines, फिचर फोटो, विशेष, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

जङ्ग तामाङ /फाल्गुन  २४,२०७४

पाँचथरमा पनि १०८ औँ अन्तराष्ट्रिय महिला दिवस मनाइएको छ । सांगितिक कार्यक्रमसँगै वतृत्ववकला प्रतियोगिता, कविता वाचन र नेपाली महिलाहरुको वर्तमान स्थिति लगायत बिषयमा चर्चा गर्दै दिवस मनाइएको हो । दिवस फिदिम नगरपालिका, हुकोडेक नेपाल, शक्ति विकास, फेदेन महिला सहकारी,सुआहारा परियोजना लगायतका संस्थाहरुले संयुक्त आयोजना गररेका थिए । दिवसको अवसरमा आयोजित निर्णायक तहमा महिलाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा देवी पौडेल प्रथम, धनकुमारी लिम्बु द्वितिय, माया भट्टराई तृतीय र प्रभा राई सान्त्वना हनुभएको छ । सो अवसरमा प्रभा ढुङ्गाना र शुशिला फुयालले महिला मुक्तिसँग सम्बन्धित कविता वाचन गर्नुभएको थियो ।  यससँगै सांगितिक कार्यक्रम पनि भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख विष्णुप्रसाद सापकोटा (विमल ), प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, फिदिम नगरप्रमुख ओनाहाङ नेम्वाङ्ग, प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदी, काँग्रेस सभापति नरेन्द्रकुमार केरुङ, एमाले अध्यक्ष राजकुमार भण्डारी ,माओवादी नेता रमुना नेम्वाङ्ग, अन्तरपार्टी महिला सञ्जाल अध्यक्ष मधु जवेगू र महिला अधिकारकर्मी सविता रावत लगायतले सम्वोधन गर्नुभएको थियो ।सो क्रममा उहाँहरुले नेपाली महिलाहरु अझैपनि उत्पीडन, दमन र शोषणसँगै अनेकन खालका हिंसाहरु सहन बाध्य भएको बताउनुभएको छ । उहाँहले महिला मुक्ति नभएसम्म नेपाली समाज समतामूलक र समानतामूलक नहुने र मुलुक समृद्ध नहुने पनि बताउनुभएको थियो ।कार्यक्रम पिदिम नगर उपप्रमुख उर्मिला प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो । ।कार्यक्रम पिदिम नगर उपप्रमुख उर्मिला प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर