६ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हासिल गर्ने सरकारको संशोधित लक्ष्य ।।

Wednesday, March 7th, 2018 at 8:58 pm News Headlines, विशेष, समाचार

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

सीआईएन/ फाल्गुन २३, २०७४
सरकारले यो वर्ष ६ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हासिल गर्ने संशोधित लक्ष्य राखेको छ । मध्यावधि समीक्षा प्रतिवेदन प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वृद्धि ६ प्रतिशतमा खुम्चने बताउनुभयो । सरकारले यसअघि ७.२ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको थियो । गत आर्थिक वर्षमा ६.९ प्रतिशत आर्थिक वृद्धि हासिल भएको थियो । बजेटमा नै गतवर्षको भन्दा बढी आर्थिक वृद्धि हासिल गर्ने उल्लेख थियो । मध्यावधि समीक्षा गर्दै अर्थमन्त्री खतिवडाले मूल्यवृद्धि ५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखिएको जानकारी दिनुभयो ।

यसअघि सरकारले मूल्यवृद्धि ७ प्रतिशत बढी हुन नदिने भनेको थियो । तर, मुद्रास्फिति दर भने सरकारले राखेको लक्ष्यभन्दा पनि कम हुने अवस्था देखिएको छ । यसले मूल्यवृद्धि दर नियन्त्रणमै राख्ने सरकारी लक्ष्य हासिल हुने अवस्था देखिएको छ । चालू आर्थिक वर्षमा ६ महिनाको अवधिमा ०.५ प्रतिशतले विप्रेषण घटेको छ भने निर्यात १३.४ प्रतिशतले निर्यात बढेको छ । चालु आवमा १२ खर्ब ७८ अर्ब रुपैयाँको बजेट ल्याएको सरकारले एक खर्ब ७९ अर्ब रुपैयाँ खर्च गर्न नसक्ने देखिएको छ । चालु आवमा ८४.६७ प्रतिशत बजेट मात्र खर्च गर्न सक्ने स्थिति देखिएको छ । सरकारले खर्च गर्न नसक्ने भएपछि चालु आवको बजेटको आकार पनि घटाएको छ । अब बजेट १० खर्ब ९९ अर्ब भएको छ । चालु आवमा पुँजीगत खर्च ७० प्रतिशत, चालु खर्च ९२ प्रतिशत र वित्तीय खर्च ७८ प्रतिशत मात्र खर्च हुने संशोधित अनुमान गरेको हो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर