तमोर लिफ्टिङ खानेपानी आयोजना उपभोक्ता तदर्थ समितिलाई खारेज गर्ने

Sunday, February 25th, 2018 at 7:33 pm News Headlines, फिचर फोटो, समाचार, साहित्य

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

जङ्ग तामाङ/ फाल्गुन १३,२०७४
पाँचथरको तुम्बेवामा गठित तमोर लिफ्टििङ खानेपानी आयोजना उपभोक्ता तदर्थ समितिलाई खारेज गर्ने निर्णय गरेको छ । गाउँसभाको वैठकले सुरेन्द्रकुमार दाहाल संयोजक रहेको तदर्थ समितिलाई खारेज गर्ने निर्णय गरेको हो । गाउँपालिकाले नयाँ समिति गठन गर्ने प्रयास थालेको छ । तर पनि दलहरुवीचको असहमतिका कारण नयाँ समिति गठन हुन सकेको छैन । गाउँ कार्यपालिका सदस्य कमल थापाले उपभोक्ता समिति गठन हुन नसक्नु राजनीतिक खिचातानी भएको बताउनुभयो । गाउँ कार्यपालिकाका एक सदस्यका अनुसार भने अध्यक्ष पदमा दलहरुवीच सहमति हुन नसकेको बताए । तमोर लिफ्टििङ खानेपानी आयोजनाको ठेकेदार कम्पनी कन्काइ प्रेरा जेभी कम्पनी काठमाडौँका इन्जिनियर चन्द्रनारायण चौधरीले उपभोक्ता समिति गठन नहुँदा आयोजना निर्माणको काममा असहजता निम्तिएको बताउनु भएको छ । समिति नै गठन नभएपछि आयोजनालाई निर्धारित समयमै निर्माणको काम सम्पन्न गर्न समस्या हुने पनि बताउनुभयो । आयोजनाबाट तुम्वेवा गाउँपालिकाका करिव १७ हजार नागरिक लाभान्वित हुने सहकर्मी सहरसिं तामाङले जानकारी दिनु भएको छ ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर