समृद्ध नेपाल निर्माणको ऐतिहासिक अवसर आएको प्रधानमन्त्री ओलीको भनाइ ।।

Monday, February 19th, 2018 at 8:53 pm समाचार

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

सीआइएन /फाल्गुन ७,२०७४
६८ औं प्रजातन्त्र दिवसलाई आज काठमाण्डौको टुँडिखेलमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुखी नेपाली र समृद्ध नेपाल’ निर्माणको ऐतिहासिक अवसर सुरु भएको बताउनुभएको छ । तीन वटै तहको निर्वाचन सकिएर सरकार गठन भइसकेकाले सबै तहका सरकारले आफ्ना अधिकारका सीमा र सम्वन्धमा रही समन्वयात्मक तवरबाट शासन सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो । सार्वभौमसत्ताको सम्मान, राष्ट्रिय एकता एवम् हितको रक्षा, कानुनी शासनको सुदृढीकरण, सुशासन, स्थिरता, विकास र समृद्धि अबको कार्यदिशा हुने ओलीको भनाइ छ । संविधानले अंगिकार गरेको दर्शनलाई जनताले अनुभूत गर्ने गरी रुपान्तरण एवम् बढोत्तरी गर्ने समय आएको प्रधानमन्त्री ओलीले बताउनुभयो । देशको विकास, प्रगति र समृद्धिको लागि आफ्नो कर्म क्षेत्रबाट उठेर देश विकासमा लाग्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर