एमाले र माओवादीबीच पार्टी एकताबारे सहमति ।।

Monday, February 19th, 2018 at 8:51 pm News Headlines, विशेष, समाचार

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

सीआइएन /फाल्गुन ७,२०७४
नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका विषयमा सहमति भएको छ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको एक्लाएक्लै भएको वार्तामा पार्टी एकताको सहमति भएको हो । सहमतिमा आजै हस्ताक्षर हुनसक्ने नेताहरुले बताएका छन् । पार्टीको नाम, नेतृत्व र वैचारिक राजनीतिक विषयमा पनि सहमति जुटेको छ । पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहनेछ भने ओली र प्रचण्ड दुबै अध्यक्ष रहनुहुनेछ । सहअध्यक्ष वा दुबै अध्यक्ष के रहने भन्ने बारेमा पार्टी एकता संयोजन समितिले टुङ्गो लगाउने भएको छ । दुई नेताबीच आलोपालो प्रधानमन्त्री हुने सहमति भए पनि समयावधि तोकिएको छैन । जनताको बहुदलीय जनवाद, २१ औं सताब्दीको जनवाद, माओवाद लगायतका वैचारिक राजनीतिक विषयलाई बहसमा लैजान दुबै नेता सहमत भएका छन् । साँझ ७ बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ । एमाले उपाध्यक्ष बामदेव गौतमले दुई नेताबीच पार्टी एकताको बारेमा सहमति जुटेको जानकारी दिनुभयो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर