राष्ट्रियसभा निर्वाचनको मतदान सम्पन्न ।।

Wednesday, February 7th, 2018 at 9:15 pm News Headlines, फिचर फोटो, विशेष, समाचार

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

सीआइएन /माघ २४,२०७४
६ ओटै प्रदेशमा राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएको छ । तीन सय ६७ जना मतदात रहेकोमा प्रदेश नम्बर १ मा ३ सय ६४ जनाले मतदान गरेका छन् । २ सय ७२ जना स्थानीय तहका प्रमुख र उपप्रमुख र ९२ जना प्रदेश सांसदले मतदान गरेका हुन् । एक जना प्रदेश सांसद र दुई जना स्थानीय तहका प्रतिनिधिले भने मतदान गरेका छैनन् । क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलका अनुसार स्थानीय तहका प्रमुख र उपप्रमुख तर्फ ताप्जेजुङ मिक्वाखोला गाँउपालिकाका उपप्रमुख रुद्रकुमारी साँवा र तेह्रथुमको लालिगुराँस नगरपालिकाका प्रमुख अर्जुन मावुहाङ मतदान प्रक्रियामा सहभागी नभएका हुन् । यस्तै, प्रदेश नम्बर ३ मा पनि मतदान भएको छ । ३ सय ४८ जना मतदाताले मतदान गरेका हुन् । प्रदेश नम्बर ५ मा राष्ट्रियसभा निर्वाचनको मत परिणाम आज नै राति १० बजेसम्म आउने निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो ।
राष्ट्रियसभा सदस्य चयनका लागि प्रदेश नम्बर ४ मा भएको निर्वाचनमा १ भोट खसेन । प्रदेशसभा सदस्य दिपक मनाङ्गे अर्थात राजिव गुरुङ बाहेक अरु सबैले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । ५ वर्ष जेल सजाय गर्ने पुरानावेदनको फैसलालाई सर्वोच्चले सदर गरेपछि फरार गुरुङले सपथ नै लिएका छैनन् ।
प्रदेश ५ मा ३ सय ५ जना मतदातामध्ये ३०३ जनाले मतदान गरेका छन् । रुपन्देहीकी विना पन्त र बाँकेका अहमद साहले मतदान गर्नुभएन । उहाँहरु संघीय समाजवादी फोरम नेपालका प्रतिनिधि हुनुहुन्छ ।
यस्तै प्रदेश ६ मा सतप्रतिशत मतदान भएको छ । अस्थायी मुकाम सुर्खेतको वीरेन्द्रनगर स्थित जिल्ला निर्वाचन कार्यालयमा भएको मतदानमा १५८ जना मतदाताले मतदान गरेका हुन् । खुला र महिला ३, ३ र दलित, अल्पसंख्यक तथा अपाङगताका लागि एक,एक जना सांसदका लागि प्रदेश ६ मा एमाले, माओवादी र कांग्रेसबाट गरी १२ जना उम्मेदवार छन् । जसमा एमालेबाट ५ जना, माओवादी ३ जना र कांग्रेसबाट ४ जना उम्मेदवार छन् ।
आज भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश ७ मा दुई सय २७ जनाले मतदान गरेका छन् । २ सय २९ जना मतदातामध्ये राष्ट्रिय जनता पार्टी नेपालका दुई प्रदेशसभा सांसद मतदानमा सहभागि भएनन् । डोटी दिपायलको स्थानीय पद्म पव्लिक मुक्तिनारायण माविमा भएको मतदानमा २२७ जना मतदाताले दिउँसो १ बजेसम्म नै मतदान सकिएको थियो ।
प्रदेश नं. २ बाहेकका अन्य ६ प्रदेशहरुमा चुनाव भएको हो । प्रदेश २ मा यसअघि नै ८ जना सदस्य सर्वसम्मत चयन भइसकेका छन् ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर