प्रधानन्यायाधीश पराजुलीको नागरिकता सम्बन्धी विवरण दिन जिल्ला प्रशासन कार्यालय काठमाण्डौको इन्कार ।।

Wednesday, February 7th, 2018 at 9:13 pm News Headlines, फिचर फोटो, समाचार

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

सीआइएन /माघ २४,२०७४
जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सर्वोच्च अदालतमा पठाई सकिएको भन्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता सम्बन्धी विवरण दिन इन्कार गरेको छ । प्राध्यापक डाक्टर गोविन्द केसी लगायतले पराजुलीको नागरिकता सम्बन्धमा जानकारी माग्दै यही माघ १० गते जिल्ला प्रशासनमा निवेदन दिएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतद्वारा हस्ताक्षरित पत्रमा सर्वोच्च अदालतले माघ ५ गते पराजुलीको नागरिकता सम्बन्धमा पठाएको पत्र अनुसार माघ ९ गते नै विवरण पठाई सकिएको उल्लेख गर्दै मुद्दाका पक्षले नक्कल लिन पाउने हुँदा जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध गराई रहनु नपर्ने उल्लेख गरिएको छ । साथै नागरिकता नियमावली अनुसार कर्मचारी र निजका परिवारले आफु कार्यरत रहेको जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिन सक्ने पनि उल्लेख गरेको छ । डा. केसीको समुहले यसअघि पराजुलीको नागरिकता सम्बन्धमा तनहुँ जिल्ला प्रशासन कार्यालयमा पनि जानकारी माग गर्दै निवेदन दर्ता गराएको थियो । मेडिकल कलेजका बारेमा सर्वोच्च अदालतले गरेको एक फैसलाको विरुद्ध डा. केसी अनसनमा बसेपछि अदालतको मानहानि भएको भन्दै पक्राउ गरिएको थियो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर