स्व. मान बहादुर लामा र महिसाङ लामाको स्मृतिमा छोरीज्वाइ र नातीनीले खडा गरे अक्षयकोष

Monday, February 5th, 2018 at 9:19 am News Headlines, फिचर फोटो, विशेष, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

लक्षिमा तामाङ27661468_1987873891473680_1366169114_n
पाँचथर,माघ,२२
तेह«थुमको आठराई गाउँपालिका वडा नम्बर ५ साविक छातेढुङ्गा गाविसमा मा रहेको श्री पोखरी माध्यमिक विद्यालय र श्री नारायण निम्न माध्यमिक विद्यालयमा स्वर्गीय मान बहादुर लामा र स्वर्गीय मैस्याङ लामा योन्जनको स्मृतिमा १लाख ३५ हजारको अक्षयकोष खडा गरिएको छ । लामाका ७ बहीनी छोरी ज्वाइहरु र नातिनी अन्जु पन्तको संयुक्त सहयोगमा सो रकमको कोष खडा गरिएको हो । श्रीमती नरमाया योन्जन लामा,छोरी ज्वाइहरु मनमाया योन्जन (पन्त) र विष्णु पन्त,बुद्धमाया योन्जन र जयबहादुर मोक्तान,हरिमाया योन्जन र डिल्लीराम मोक्तान,कमला योन्जन र राजकुमार घिमिरे,भिम कुमारी योन्जन र राजकुमार मोक्तान,मन कुमारी योन्जन र शान्तिराम पाख्रिन,दिल कुमारी योन्जन र जलकुमार मोम्तानले आफ्नो स्वर्गीय पिता मान बहादुर लामा योन्जन र आमा महिसाङ लामा योन्जनको सम्झनामा अक्षयकोष खडा गरेका हुन् । अक्षयकोषमा श्री पोखरी माध्यमिक विद्यालयको लागि छोरीज्वाइहरुले रु ७५ हजार र नातीनी अन्जु पन्तको अन्जु पन्त फाउन्डेसनबाट रु १० हजार गरि कोषमा जम्मा रु ८५ हजार राखिएको छ । त्यस्तै श्री नारायण नि.मा.वि.मा छोरीज्वाइहरुको तर्फबाट रु ४० हजार र अन्जुपन्त फाउन्डेसनको तर्फबाट रु १० हजार गरि जम्मा रु ५० हजारको स्मृति कोष खडा गरेका छन् । ती विद्यालयमा अध्ययनरत जेहेन्दार र विपन्न वर्गका विद्यार्थीलाई उक्त स्मृतिकोषले छात्रवृत्ति प्रदान गर्न सहयोग मिलोस भन्ने उद्देश्यले सो रकम प्रदान गरिएको छोरी कमला योन्जन घिमिरेले बताउनु भयो । आफु जन्मे हुर्केको ठाउँ र अध्ययन गरेको विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक विकासमा टेवा पुगोस भन्ने सोच उनीहरुमा रहेको बताए । जेहेन्दार तर आर्थिक रुपमा विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति दिइ शैक्षिक गुणस्तरमा वृद्धि गराउने उद्देश्यले यस्तो अक्षयकोष खडा गरि सहयोग पुर्याउँदा खुसी व्यक्त गर्दै त्यस विद्यालयमा छोरीज्वाइहरु र नातीनीहरुको संयुक्त सहयोग गर्ने पहिलो रेकर्ड नै यो रहेको पोखरी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नव निर्वाचित सांसद तेजमान कन्दङवाले बताउनुभयो । ती दुइवटै विद्यालयमा बुबाको स्मृतिमा छोराहरुले अक्षयकोष खडा गरेको रेकर्ड छ तर छोरीहरुले खडा गर्नु यो नयाँ रेकर्ड रहेको श्री नारायण नि.मा.वि.का प्रधानध्यापक देवी प्रसाद चापागाइँले बताउनु भयो ।
श्री पोखरी माध्यमिक विद्यालयको स्वर्ण महोत्सव २०७४को अवसरमा हिजो विहिबार उक्त स्मृतिकोषको रकम प्रदान गरेका हुन् । स्वर्गीय मान बहादुर लामा तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर ५ साविक छातेढुङ्गा ८ लामागाउँमा वि.सं.१९८६ सालमा जन्मिएका थिए । उहाँले आफ्नो जिवनकालमा बौद्ध धर्मका लामा गुरु भएर सामाजिक सेवा गरेका थिए । छातेढुङ्गामा लामा कान्छा नामले कहलिएका लामाले धेरै विरामीहरुको सेवा गरेका थिए । बौद्ध धर्म संस्कृतिको ज्ञाता थिए ।उनकोे पहलमा गाउँमा गुम्बा पनि निर्माण गरिएको थियो । उक्त गुम्बाको नाम हेमा साङ्छो गुम्बा हो । गाउँमा धार्मिक स्थलको निर्माण गर्नु उनको महत्वपूर्ण योगदान रहेको थियो । उनको पालमा गुम्बामा ध्यान तपस्या गर्ने,हेर्न आउनेको लर्को लाग्थ्यो । तेह«थुम,ताप्लेजुङ,पाँचथर लगायत विभिन्न ठाउँबाट गुम्बा दर्शनका लागि आउने गर्थे । ग्रहगोचरका आधारमा स्वस्ती शान्ती गर्ने र विरामीहरुलाई तान्त्रिक विधिबाट निको पार्थे । उनले निको पार्ने सुनेर विरामी परेका मानिसहरु टाढाबाट पनि आउने गर्थे । उनमा ज्योतिषी ज्ञान पनि थियो । धेरै विरामीहरुको सेवा गर्ने लामा सबैको सहयोग गर्ने र मायालु भावनाका थिए ।
गुम्बामा रहेर लामा शिक्षा दिएर १४÷१५ जना चेलालाई लामा बनाएका छन् । आफ्ना चेलाहरुलाई शिक्षा दिक्षा दिएर आफुमा भएको ज्ञान हस्तान्तरण गरेका छन् । लामाको निधन वि.सं. २०७० सालमा ८४ वर्षको उमेरमा भएको थियो ।
मानबहादुर लामा गुरुको २ जना श्रीमती थिए । पहिलो श्रीमती महिसाङको आफ्नो भन्दा पहिले नै निधन भएको थियो । दोस्रो श्रीमती छदैछन् । उनका छोराहरु जम्मा ३ भाइ थिए तर उनीहरुका २० र २२ वर्षको उमेरमा नै निधन भयो । उनका छोरीहरु ७ जना छन् । पहिले पहिले छोरीहरु मात्र हुने अभिभावकहरुलाई समाजले दृष्टिकोण निक्कै संकुचित थियो । छोरा नहुनेलाई अपुताली भन्ने गर्थे । मानबहादुरले आफ्नो छोरीहरुमात्र हुनुले समाजबाट हेपाइ सहनु परेको थियो ।
त्यो सामाजिक संस्कारलाई उछिन्न सफल भएका छन् । अहिले तिनै छोरीहरु इज्जती,नामी,दानी बन्न सफल भएका छन् । उनका छोरीहरु पौरखी छन् । उनीहरुले आफ्ना बुबाले जस्तै समाजको सेवा गर्न सिकेका छन् । आफुहरुको पौरखबाट प्राप्त रकम समाजमा भएका गरिब दुखी,बेसाहारा मानिसहरुलाई सहयोग गर्न अग्रसर छन् । आफ्नो पिता र माताको नाममा अक्षयकोष जम्मा गर्न पनि एकजुट भएर छातेढुङ्गाको लागि उदाहरणीय बनेका छन् ।

उनीहरुको यो उदाहरणले छोरीहरुले पनि उतीकै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् भन्ने उदाहरण पनि दिएका छन् । छोरा नहुदाको पिडा खेपी रहेका स्वर्गीय मानबहादुर जस्तै छोरीका माता पितालाई पनि सकारात्मक सन्देश दिन सफल बनेको छ ।
छोरी होस या छोरा दुबै बराबरी हुन् । सकारात्मक दृष्टिकोणको परिवर्तनमा मानबहादुरका छोरीहरुको उदाहरण 27661468_1987873891473680_1366169114_nअतुलनिय छ ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर