सडकको पहुँज पुगेपछि गाउँलेले बाँस बेचेर आम्दानी लिँदै

Wednesday, January 31st, 2018 at 9:13 pm News Headlines, फिचर फोटो, विशेष, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

जङ्ग तामाङ /माघ १७,२०७४
पाँचथरको मिक्लाजुङवासीले बाँस बेचेर आम्दानी लिँदै आएका छन् । गाउँको टोल टोलमा सडक निर्माण गरिएपछि खोल्सा र बाटोको छेउछाउमा रोपिएका बाँसहरु बेच्दै मिक्लाजुङवासीले आम्दानी लिन थालेका छन् । प्रति घना १५ देखि २० रुपैयाँसम्ममा बाँस विक्री हुने गरेको छ । उतिस,सल्ला,खयर लगायतका काठजन्य रुखको विक्री धमाधम भइरहेका वेला सडकको पहुँज पुगेपछि बाँस पनि विक्री हुन थाल्दा मिक्लाजुङवासी खुशी छन् । मिक्लाजुङको वडा नम्वर–८,साविक दुर्दिम्बाका गणेश मोक्तान तामाङले बाँसको विक्रीबाटै गाउँमा लाखौँ रुपैयाँ भित्रिने गरेको बताउनुभयो । मिक्लाजुङको वडा नम्वर ६ र ७ साविकको लिम्बा क्षेत्रबाट बढि बाँस विक्री हुने गरेको छ । स्थानीय शिक्षक अनिल राइले १ वर्ष अघिदेखि बाँसले बजार पाएको बताउनुभयो । त्यस क्षेत्रका बाँस मोरङ,सुनसरी,झापासँगै देशका विभिन्न जिल्लामा निर्यात हुने गरेको छ । बाँसबाट विभिन्न आकर्षक उपभोग्य सामग्रीहरु पनि बन्ने भएकाले विशेषगरी बाँस उद्योगहरुले खरिद गर्ने गरेको शिक्षक राईले बताउनुभयो । यसअघि त्यस क्षेत्रका सर्वसाधारणले बाँसको प्रयोग गर्न नसक्दा त्यसै सुकेर जाने र अन्ततः दाउराको रुपमा प्रयोग गर्ने गरेकोमा बाँस किन्न व्यवसायीहरु गाउँ गाउँमा आउन थालेपछि बेचेर आम्दानी लिदै आएका छन् । बाँसलाई बारबेरसँगै घर गोठ छाउन भाटाको रुपमा प्रयोग गर्ने गरिन्छ ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर