सहमति नभए चुनावबाट मुख्यमन्त्री चयन गर्ने एमालेको निर्णय

Tuesday, January 30th, 2018 at 8:38 pm News Headlines, समाचार

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

सीआईएन /माघ १६,२०७४
नेकपा एमालेले सकेसम्म सर्वसम्मत नभए चुनावबाट मुख्यमन्त्री चयन गर्ने निर्णय गरेको छ । स्थायी कमिटीको आज बसेको बैठकले प्रदेशसभाको बैठकपछि दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । बैठकपछि उपाध्यक्ष बामदेव गौतमले सर्वसम्मत नभएको ठाउँमा निर्वाचनको माध्यमबाट संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । वाम गठबन्धनको भागवण्डा अनुसार प्रदेश १, ३, ४ र ५ मा एमाले संसदीय दलको नेता नै मुख्यमन्त्री बन्नेछन् । प्रदेश ५ मा शंकर पोखरेल संसदीय दलको नेता बन्ने निश्चित भएको छ भने अन्य प्रदेशमा टुंगो लागेको छैन ।

प्रदेश ६ र ७ का दलका नेता भने मुख्यमन्त्री बन्ने छैनन् । वाम गठबन्धनमा दुई प्रदेशको मुख्यमन्त्री माओवादीको भागमा परेको छ । प्रदेश १ को मुख्यमन्त्रीमा सचिव भीम आचार्य र शेरधन राईको दाबी छ भने ३ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य प्रमुख दाबेदार हुनुहुन्छ । प्रदेश ४ को मुख्यमन्त्रीमा सचिव पृथ्वीसुब्बा गुरुङ र नेता किरण गुरुङले दाबी गर्दै आएका छन् । एमाले बैठकले राष्ट्रियसभा निर्वाचनका लागि स्थानीय तहका प्रमुख उपप्रमुख र प्रदेशसभा सदस्यहरुलाई तत्कालै मतदानको बिधिबारे तालिम दिने निर्णय समेत गरेको छ ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर