एउटै घर दुई जिल्लामा

Tuesday, January 30th, 2018 at 7:43 pm News Headlines, फिचर फोटो, विशेष, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

जङ्ग तामाङ /माघ १६,२०७४
पाँचथर र धनकुटाको सीमा क्षेत्रको बजार ,छ नम्वर बुधबारेका करिव ३० भन्दा बढि घर परिवारले कुनै एक जिल्लामा आफूहरुलाई पारी दिन आग्रह गरेका छन् । सीमा क्षेत्रमा एउटै घर दुई जिल्लामा परेकाले गर्दा कुनै एक जिल्लामा पार्दा प्रशासनिक सेवा लिन सहज हुने बताएका छन् ।

बुधबारेका चन्द्र श्रेष्ठले ६ आनामा बनाएको घर ३ आना पाँचथर र ३ आना धनकुटामा रहेको बताउनुभयो । दुवै जिल्लाको नापी कार्यालयमा जग्गा नक्सा पाससँगै घरवहाल कर बुझाउँदै आएको श्रेष्ठको भनाई छ । उहाँले कि त पाँचथर नभए धनकुटामा पारेको अवस्थामा प्रशासनिक सेवाका लागि झन्झट नहुने बताउनुभयो । सोही ठाउँका कर्ण थक्सुले पनि एउटै घर दुई जिल्लामा पर्दा घर बेच्नु पर्दा पनि समस्या रहेको बताउनुभयो ।

बुधबारे बजारका नागरिक अगुवा हेमकर्ण थक्सुले बारम्बार सीमा क्षेत्रका घर परिवारलाई कुनै एक जिल्लामा पार्न सरकारी निकाय र जनप्रतिनीधिहरुलाई आग्रह गरेपनि सुनुवाई नभएको भन्दै दुखेसो व्यक्त गर्नुभयो । स्थानीय तह निर्वाचन र प्रदेश तथा प्रतिनीधिसभाको निर्वाचनको क्रममा उम्मेदवार बनेका नेताहरुलाई पनि आग्रह गरेपनि समस्याको समाधान भइ नसकेको थक्सुले बताउनुभयो ।

धनकुटाको चौविस गाउँपालिका वडा नम्वर १ का वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठले एक घर दुई जिल्लामा पर्दा नागरिकले समस्या भोगिरहेको भन्दै जिल्लाबाट प्रतिनीधित्व गर्ने जनप्रतिनीधिहरुले विशेष भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिनु भएको छ । यता मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमरराज माखिमले यो समस्याको समाधानका लागि गम्भिर रहेको बताउनुभयो । बुधबारे बजारको वीच भागदेखि उत्तर–पूर्वी क्षेत्रमा एकै घर दुई जिल्लामा पर्ने समस्या छ ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर