पाँचथरको हिलिहाङ  मा उन्नत अर्गानिक चियाखेती प्रविधि विषयक  तालिम सम्पन्न

Tuesday, January 30th, 2018 at 7:34 pm समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

लक्षीमा तामाङ /माघ १६,२०७४

पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ५ मा उन्नत अर्गानिक चियाखेती प्रविधि विषयक २ दिने तालिम सम्पन्न भएको छ । उन्नती समावेशी वृद्धि कार्यक्रम अन्तरगत कंचनजंघा टि स्टेटको आयोजनामा चिया खेतीमा संलग्न किसानलाई अर्गानिक चिया खेती प्रणालीको विषयमा तालिम दिइएको थियो । चिया खेतीमा अर्गानिकता ल्याउन चिया खेतीमा सम्लग्न किसानलाई जानकारी गराउन यस्तो तालिम दिइएको हो  । तालिममा चिया रोपण,चिया कटाइ,छँटाइ लगायत खेती प्रणालीको बारेमा आइतबारबाट सुरुभएको थियो । तालिमको सहजीकरण बालि विशेषज्ञ विकास चौधरी र कंचनजंघा टिस्टेटका अर्गानिक प्रमाणीकरण अधिकृत नारायण दाहालले गर्नुभएको थियो । तालिममा हिमाली चिया सहकारीमा आवद्ध ३५ जना चिया कृषकको सहभागिता रहेको थियो । तालिमको समापन हिलिहाङ ५ का वडा अध्यक्षको अध्यक्ष्यतामा सम्पन्न भएको थियो । तालिम हिजो सोमबार सकिएकोे हो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर