पाँचथरको मिक्लाजुङ गाउँपालिकामा तामाङ भाषा,लिपि र संस्कृति सम्वन्धि तालिम सम्पन्न

Sunday, January 28th, 2018 at 9:06 pm News Headlines, फिचर फोटो, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

शंकर चापागाई/ माघ १४,२०७४

पाँचथरको मिक्लाजुङ गाउँपालिकाको वडा नम्वर–८ दुर्दिम्बामा ७ दिने तामाङ भाषा,लिपि र संस्कृति सम्वन्धि तालिम सकिएको छ । तालिममा नेपाल तामाङ घेदुङको भाषा,लिपि र साहित्य विभाग प्रमुख काजिमान थिङ तामाङले तामाङ भाषा र संस्कृतिको सवालमा सहजीकरण गर्नु भएको थियो । घेदुङले देशव्यापी रुपमा सञ्चालन गर्दै आएको सांस्कृतिक पुनर्जारण अभियानका अभियान्ता समेत रहनु भएका थिङले मूख्यतः भाषा र संस्कृति बचे मात्रै तामाङ पहिचान रहने बताउनु भएको थियो ।
उहाँले तामाङ भाषा संस्कृति संरक्षण र विकासमा स्वयम् तामाङ समुदाय र सरकारको पनि भूमिका रहनु पर्नेमा जोड दिनुभयो । तालिममा उहाँले तामाङ जातिको जन्म,विवाह र मृत्यु संस्कारसँगै तामाङ समुदायको परम्परागत न्याय प्रणाली र शासकिय प्रणालीको पुनःप्रयोग आवश्यक रहेको पनि बताउनुभयो । तालिममा घेदुङका जिल्ला अध्यक्ष जङ्गवहादुर तामाङले तामाङ जातिले प्रयोगमा ल्याएको लिपि तामयिग सम्वन्धि सहजीकरण गर्नु भएको थियो ।

कलाकार ब्याञ्जो बल तामाङले तामाङ जातिको मौलिक भाका सेलोमा तामाङ वालवालिका र युवायुवतीलाई नृत्य प्रशिक्षण दिनु भएको थियो । तालिममा दुर्दिम्बाको साविक १ र ४ नम्वर वडाका तामाङहरुको सहभागिता रहेको थियो । तालिम,नेपाल आदिवासी जनजाति महासँघ समन्वय परिषद दुर्दिम्बाले आर्थिक सहयोगमा भएको महासँघका दुर्दिम्बा सचिव रोशन मोक्तान तामाङले जानकारी दिनुभयो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर