पाँचथरको हिलिहाङमा उन्नत अर्गानिक चियाखेती प्रविधि विषयक तालिम सम्पन्न

Sunday, January 28th, 2018 at 8:50 pm News Headlines, फिचर फोटो, समाचार, साहित्य

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

लक्षीमा तामाङ/ माघ १४,२०७४
पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ३ मा चिया किसानलाई उन्नत अर्गानिक चियाखेती प्रविधि विषयक २ दिने तालिम सम्पन्न भएको छ । उन्नती समावेशी वृद्धि कार्यक्रम अन्तरगत कंचनजंघा टि स्टेटको आयोजनामा चिया खेतीमा संलग्न किसानलाई अर्गानिक चिया खेती प्रणालीको विषयमा तालिम दिइएको थियो । चिया खेतीमा अर्गानिकता ल्याउन चिया खेतीमा सम्लग्न किसानलाई जानकारी गराउन यस्तो तालिम दिइएको हो । तालिममा चिया रोपण,चिया कटाइ,छँटाइ लगायत खेती प्रणालीको बारेमा अर्गानिक चिया खेती प्रणालीमा विज्ञ सोनाम पाल्जर लामा र कंचनजंघा टिस्टेटका अर्गानिक प्रमाणीकरण अधिकृत नारायण दाहालले सहजीकरण गर्नुभएको थियो । शुक्रबारबाट सुरुभएको तालिमको उदघाटन कार्यक्रममा हिलिहाङ गाउँपालिका प्रमुख भुवानी लिङ्देनको प्रमुख आथित्यता र चिया विस्तार आयोजना लालिखर्कका प्रमुख प्रेम थिङको विशेष आथित्यता रहेको थियो । तालिममा ३४ जना चिया कृषकको सहभागिता रहेको थियो ।

तालिममा सहभागि किसानलाई प्रमाण पत्र पनि प्रदान गरिएको सहजकर्ता नारायण दाहालले बताउनुभयो । तालिम समापन कार्यक्रममा तालिममा सहभागीहरुलाई चिया विस्तार आयोजना लालिखर्कका प्रमुख प्रेम थिङबाट प्रमाण पत्र हस्तान्तरण गरिएको थियो । तालिमको समापन हिलिहाङ ३ का वडा अध्यक्षको अध्यक्ष्यतामा सम्पन्न भएको हो । तालिम हिजो शनिबार सम्पन्न भएको हो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर