पाँचथरमा माघे सक्रान्ति धुमधामका साथ मनाइयो

Monday, January 15th, 2018 at 7:47 pm News Headlines, फिचर फोटो, विशेष, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

जङ्ग तामाङ/ माघ १, २०७४

आज माघे संक्रान्ति । मधेशमा आदिवासी थारु समुदायले माघी पर्व मनाउँदा पहाडमा आदिवासी मगर समुदायले धुमधामका साथ माघे संक्रान्ति मनाएका छन् । राष्ट्रिय पर्वको रुपमा मगर समुदायले प्रत्येक वर्ष आजैको दिन अर्थात माघ १ गते माघे संक्रान्ति मनाउने गरेका छन् । माघे संक्रान्ति मगर समुदायको मौलिक पर्व पनि हो । पर्वको अवसरमा आज नेपाल मगर संघ पाँचथरले फिदिम नगरपालिका वडा नम्वर–२ को पल्लोटारमा शुभकामना आदान–प्रदान र सांगितिक कार्यक्रम आयोजना गरी हर्षोल्लासका साथ मनाएको छ । कार्यक्रममा मौलिक पोषाकमा चिटिक्क सजिएर पुगेका मगर महिला र पुरुषहरुले जातिय नाच हुर्रामा नाचेका छन् । फिदिम बजार र आसपासका वालवालिका,युवायुवतीदेखि वृद्धवृद्धाहरुको बाग्लो उपस्थिती रहेको थियो । सो कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल आदिवासी जनजाति महासँघका जिल्ला अध्यक्ष रिञ्जी शेर्पाले विगतमा एकात्मक राज्यसत्ताले आदिवासी जनजातिको भाषा,संस्कृति,कला,धर्म,रहनसहन,भेषभुषामाथि गरिएको दमनको कारण नै लोप हुनै लागेको अवस्थामा पुगेको आरोप लगाउनुभयो । उहाँले आदिवासी जनजातिहरुको पहिचान झल्किने भाषा,संस्कृति,कला,धर्म आदिको संरक्षण गर्नु सरकारको दायित्व भएको पनि बताउनुभयो । उहाँले सवै जातिको भाषा,संस्कृति बचे मात्रै नेपाल विविधतायुक्त हुने तर्क गर्नुभयो । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासँघका पूर्व अध्यक्ष समेत रहेका मगर अगुवा लोकेन्द्र आले मगरले मगर समुदाय सांस्कृतिक पुनर्जागरणको अभियानमा रहेको बताउनुभयो । कार्यक्रममा किरात राई यायोख्खाका सचिव राजेन्द्र राई,नेपाल तामाङ घेदुङका अध्यक्ष जंगवहादुर तामाङ,नेवा देय दवुका अध्यक्ष हेटनारायण श्रेष्ठ,फोजिनका जिल्ला अध्यक्ष गणेश सम्पाङ,मगर सँघका निवर्तमान अध्यक्ष इश्वर थापा,राप्रपा नेता रामवहादुर थापा मगरसँगै मगर अगुवा लगायतको सहभागिता रहेको थियो । कार्यक्रम संघका अध्यक्ष खड्ग थापा मगरको अध्यक्षतामा भएको थियो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर