अलैचीको वैकल्पिक बजार खोजिँदै

Friday, January 12th, 2018 at 8:02 pm News Headlines, फिचर फोटो, विचार, विशेष, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

 जङ्ग तामाङ /पौष २८,२०७४
नेपाली अलैची व्यवसायीहरुले सवैभन्दा बढि अलैची निर्यात गर्दै आएको भारतीय बजारको विकल्प खोजिरहेका छन् । एकल बजार भारत मात्रै हुँदा मूल्य निर्धारण पनि भारतीय व्यवसायी आफैले गर्ने हुँदा अलैची उत्पादन गर्दै आएका नेपाली किसान र निर्यात गर्दै आएका व्यवसायीहरु मारमा परेकाले व्यवसायीहरुले विकल्प खोज्न थालेका हुन् । भारतीय बजारको एकाधिकार तोड्न व्यवसायीहरुले केही वर्ष यता वंगलादेशसँगै अन्य तेश्रो मुलुकमा अलैचीको बजार खोजिरहेको अलैँची व्यवसायी महासँघका केन्द्रिय उपाध्यक्ष दीपक नेपालले बताउनुभयो ।

उहाँका अनुसार महासँघले वंगलादेशी उच्च निकायका अधिकारीसँग छलफल गर्न केही महिनामै नेपाली प्रतिनिधि वंगलादेश जानेछन् । पाँचथरको फिदिममा विश्व परिदृश्य वकालत मञ्चले उन्नती समावेशी वृद्धि कार्यक्रम अन्तरगत आयोजना गरेको अलैँची खेतिको समस्या र चुनौति विषयक कार्यशाला गोष्ठिमा नेपालले वंगलादेशले नेपाली अलैँचीको बजारीकरण गर्न दिएको अवस्थामा अलैँचीको मूल्य पनि किसानले उचित पाउने दावी गर्नु भएको छ ।

अलैँची व्यवसायी महासँघकै केन्द्रिय सदस्य नरेन्द्र अधिकारीले पनि नेपाली अलैचीलाई अर्गानिक भएको प्रमाणिकरण गर्न आवश्यक औँल्याउनु भएको छ । अर्गानिक भएको प्रमाणिकरण नगरिँदा नेपाली अलैँचीको बजार भारत मात्रै हुन पुगेको बताउनुभयो । उहाँले दुवैमा भएको विश्व व्यापार मेलामा नेपाली अलैँचीलाई अर्गानिक प्रमाणिकरण नगरिएकै कारण लगिएको अलैँची विक्री नभएको र बाँडेर आउनु परेको दुःखेसो व्यक्त गर्नुभयो । अलैँची खेतिका जानकार तेज थापाले पनि नगदे वाली अलैँचीको मूल्य उतार चढाव हुनु,बजार अनिश्चित हुनु र भारत मात्रै बजार हुँनुले अलैचीको उत्पादनदेखि बजारीकरणसम्ममा समस्या आएको बताउनुभयो ।

उहाँले अलैँची खेतिको सम्भावना,चुनौती र समस्याहरु विषयक कार्यपत्र पनि प्रस्तुत गर्दै राज्य,व्यवसायी र किसानको त्रिपक्षिय समन्वयकारी भूमिकाको खाँचो रहेको पनि बताउनु भएको छ । अलैची किसान गणेश मिश्रले पनि अलैँचीको बजार वंगालादेशसँगै अन्य मुलुकहरुको खोजी गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । गोष्ठिमा जिल्लाको अलैँची किसान ,व्यवसायी र सरकारी निकायका प्रतिनिधिको पनि सहभागिता रहेको थियो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर