राखेप च्याम्पियनसिपमा पाँचथरे खेलाडी पनि छनौट

Friday, January 5th, 2018 at 9:53 pm News Headlines, खेलकुद, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

रामचन्द्र बम्जन /पौष २१,२०७२
राखेप च्याम्पियनसिपमा पाँचथरे चेली छनौटमा पर्नु भएको छ । एथ्लेटिक्स तर्फ १५ सय मिटरको दौडमा इन्द्रकला नेम्वाङ पूर्वाञ्चल स्तरिय च्याम्पिनसिपमा प्रथम हुँदै छनौटमा पर्नु भएको हो । उहाँ ज्याव्लिङ थ्रो मा पनि प्रथम नै हुनु भएको छ । उहाँले दुवै तर्फको उपाधी हात पारेको जिल्ला खेलकुद विकास समितिका सचिव मातृकाप्रसाद दाहालले बताउनुभयो । ५ हजार मिटरको दौडमा पनि उहाँ दोश्रो हुनु भएको थियो । पुरुष तर्फको एथ्लेटिक्समा ५ हजार र १० हजार मिटरको दौडमा पनि पाँचथरकै खेलाडी हर्र्क लुहागुन दोश्रो हुनु भएको छ । उहाँ भने राष्ट्रिय स्तरको राखेप च्याम्पियनसिपमा सहभागी हुन सक्नु भएन । जिल्ला खेलकुद विकास समितिका सचिव दाहालले नेम्वाङ र लुहागुन दुवैलाई बधाई ज्ञापन गर्नु भएको छ । राखेप च्याम्पियनसिप देशव्यापी रुपमा भइरहेको छ । च्याम्पियनसिपमा एथ्लेटिक्स,तेक्वान्दो,फुल कन्ट्याक्ट कराँते लगायतका विभिन्न स्पर्धामा प्रतिष्पर्धा भएको थियो । पाँचथरबाट छनौट भएर गएका थुप्रै खेलाडीहरुले अन्य स्पर्धामा सहभागिता जनाए पनि पदक भने रक्षा गर्न सकेनन् ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर