कागजबाट पैसा कमाउँदै लेकाली क्षेत्रका महिलाहरु

Friday, January 5th, 2018 at 9:48 pm News Headlines, फिचर फोटो, बिजनेस, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

 nepali kagaj

जङ्ग तामाङ/ पौष २१,२०७२
पाँचथरको लेकाली क्षेत्रका महिलाहरुले कागज बनाएरै आकर्षक पैसा कमाउँदै आएका छन् । मासिक २० देखि २५ हजार रुपैयाँसम्म कागज बनाएर पैसा कमाउँदै आएका हुन् । घर धन्दामा मात्रै व्यस्त नभएर महिलाहरुले एकै दिनमा ४ सय प्रतिसम्म कागज बनाउने र प्रति कागज २ रुपैयाँदेखि २५ रुपैयाँसम्म कागज विक्री गर्दै आएका छन् ।

कागज बनाउनेसँगै सङ्कलन पनि गर्दै आउनु भएकी पाँचथरको लालिखर्कस्थित पव्लिक चोककी श्यामकुमारी राईले वार्षिक रुपमा भने प्रत्येक घरका महिलाले कम्तीमा डेढ लाखदेखि ३ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको बताउनुभयो । पुरुषहरु विदेश जाने र अन्य काम गर्ने हुँदा महिलाहरु जङ्गलमा गएर अर्गेलीबाट लोक्ता निकालेर घरमा ल्याएपछि उसिनेर कागज बनाउँछन् ।

घाम लाग्दा कागज उत्पादन बढि हुने गरेको श्यामकुमारीको भनाई छ । उहाँसँगै सोही ठाउँकी सञ्जिता राई पनि लोक्ताबाट कागज बनाउने गर्नु हुन्छ । सो गाउँका प्रत्येक घरका महिलाहरुले झण्डै २ दशकदेखि कागज बनाउँदै आएको कागज व्यवसायी सुरेन्द्र राईले बताउनुभएको छ । वार्षिक रुपमा सो गाउँमा मात्रै कागज विक्रीबाट मात्रै झण्डै २ करोड रुपैयाँ भित्रिने गरेको उहाँले बताउनुभयो । लालिखर्क क्षेत्रवासीले पाखावारीहरुमा नगद आर्जन गर्न सकिने अर्गेली लगाएका छन्

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर