नवौँ फाल्गुनन्द गोल्डकपको उपाधी सुनसरी–११ लाई

Sunday, December 31st, 2017 at 10:30 pm खेलकुद, फिचर फोटो, समाचार

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

winer of falgunandaजङ्ग तामाङ/पुष १६,२०७४
सुनसरी–११ ले पाँचथरको फिदिममा भएको नवौँ फाल्गुनन्द गोल्डकपको उपाधी जीतेको छ । मोरङ–११ लाई २–० गोल अन्तरले पराजित गर्दै सुनसरीले उपाधी जीतेको हो । सुनसरीलाई जीताउन खेलको ६७ औँ मिनेटमा निशान लिम्वूले कर्नरबाट प्रहार गरेको वललाई तीर्थ वस्नेतले हेड मार्फत गोल गरे । खेलको ७५ औँ मिनेटमा पुनः सुनसरीका सौजन याख्खाले कर्नरबाट प्रहार गरेको वललाई सुरज सुनुवारले गोल गरे । खेल अवधिभर दबावमा रहेको मोरङका लागि भुवन वस्नेतले ६५ औँ मिनेटमा प्रहार गरेको वल पोलमा ठोक्किएर वाहिरियो भने बुद्धिमान राईले फ्रि किक् मार्फत प्रहार गरेको वल भने सुनसरीका गोल रक्षक विवश चौधरीले उत्कृष्ट वचाउ गरे । विजेता सुनसरीले नगद ३ लाख र उपविजेता मोरङले नगद २ लाख रुपैयाँसँगै मेडल,ट्रफी र प्रमाणपत्र पाए । गोल्डकपमा उत्कृष्ट खेलाडी सुनसरीका हेमन्त थापा मगर घोषित भए । उनले नगद ३५ हजार रुपैयाँ पाए । सर्वाधिक गोलकर्ता पनि सुनसरीकै तीर्थ वस्नेत भए । उनले गोल्डकपमा कूल ५ गोल गरेका थिए । उनले १५ हजार रुपैयाँ पाउँदा उदयीमान खेलाडी घोषित फिदिम स्पोर्टीङ क्लवका आकाश रानामगरले १० हजार पाए । उत्कृष्ट गोल रक्षक सुनसरीकै विवश चौधरी भए भने उत्कृष्ट डिफेन्डर मोरङका सुरेन्द्र खवास र उत्कृष्ट मिड फिल्डर मोरङकै बुद्धिमान राई भए । उत्कृष्ट कोच भने श्याम मानन्धर भए । उनीहरुले क्रमशः नगद १० हजार पाए । फिदिम स्पोर्टीङ क्लवका महासचिव पासाङ तामाङले प्रोत्साहन स्वरुप खेलाडी र कोचलाई नगदले सम्मान गरेको बताए । गोल्डकपमा दुई विभागिय टिमहरु त्रिभुवन आर्मी,एपिएफ,आयोजक फिदिम स्पोर्टीङ क्लव,विर्ता युनाईटेड क्लव झापा,मिसन युनाइटेड क्लव ताप्लेजुङ,युएफसी दार्जिलिङ भारत,डिभाइन ब्वाइज युनियन क्लव काठमाण्डौँ र अग्नी रुपन्देही–११ ले पनि सहभागिता जनाएका थिए । गोल्डकप प्रत्येक वर्ष किरात धर्मका महागुरु तथा १६ औँ राष्ट्रिय विभूती फाल्गुनन्द लिङ्देनको स्मृतिमा फिदिम स्पोर्टीङ क्लवले आयोजना गर्दै आएको छ ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर