पत्रकार राई र रेफ्री खत्री सम्मानित

Sunday, December 31st, 2017 at 10:21 pm News Headlines, खेलकुद, फिचर फोटो, समाचार

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

ganesh

khatriरामचन्द्र बम्जन /पौष १६, २०७४
पत्रकार गणेश साम्पाङलाई यस वर्षको प्रजापति–जाल्पादेवी खेलकुद पत्रकारीता पुरस्कार प्रदान गरिएको छ । नवौँ फाल्गुनन्द गोल्डकपको अवसर पारेर साम्पाङलाई जिल्लास्थित खेलकूद क्षेत्रको प्रतिष्ठित सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ । खेल क्षेत्रको प्रवद्र्धनमा निरन्तर कलम चलाउँदै आएको भन्दै उहाँलाई पुरस्कृत गरिएको फिदिम स्पोर्टीङ क्लवले जनाएको छ । उहाँसँगै मुलुककै एक मात्र फिफा रेफ्री लव खत्रीलाई पनि सम्मान गरिएको छ । खत्रिलाई नगद २५ हजार रुपैयाँ सहित प्रशंसा–पत्र र मायाँको चिनो स्वरुप कोट पनि वितरण गरिएको छ । रेफ्री खत्रिले देश तथा विदेशमा गरी दर्जनौ खेलकुद प्रतियोगिताहरुमा रेफ्रीको भूमिका निर्वाह गरी खेलकुद क्षेत्रका योगदान दिएको भन्दै सम्मान गरिएको फिदिम स्पोर्टीङ क्लवका अध्यक्ष विमल श्रेष्ठले बताउनुभयो । यसैवीच फिफा रेफ्री खत्रीले आजैबाट रेफ्रीको भूमिकाबाट सन्यास लिनुभएको छ । फिफाले उहाँको रेफ्रीको नियुक्ति अवधि नथपेपछि नवौँ फाल्गुनन्द गोल्डकप नै उहाँको अन्तिम सिटी फुकाई पनि भएको छ । उहाँ मिजासिलो भएपनि फुटबल खेलमा कडा निर्णय गर्न पनि पछि नपर्ने रेफ्रीको रुपमा परिचित हुनुहुन्छ ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर