साविक विजेता झापा–११ लाई टाइब्रेकरमा पराजित गर्दै मोरङ–११ फाइनलमा

Friday, December 29th, 2017 at 10:41 pm खेलकुद, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

FOOTABALजङ्ग तामाङ /पौष १४,२०७४
साविक विजेता विर्ता युनाइटेड क्लव झापा–११ लाई टाइब्रेकरमा पराजित गर्दै मोरङ–११, पाँचथरको फिदिममा जारी नवौँ फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फिदिम मा.वि.को खेल मैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा झापा–११ लाई ५ को विरुद्ध ६ गोल गर्दै मोरङ–११ फाइनलमा प्रवेश गरेको हो । मोरङका लागि मिक्चेन तामाङ,अशोक खवास, बुद्धिमान राई,अभिशेख लिम्वू,मिन धिमाल र सुरेन्द्र खवासले गोल गरे । झापाका लागि कर्ण लिम्वू,दिलेन लोक्ताम,विक्की चौधरी,योगेश गुरुङ र सुमित मैनालीले गोल गर्दा आशिष चापागाईले प्रहार गरेको गोल भने मोरङका गोल रक्षक सूर्य अधिकारीले बचाउ गरे । झापालाई कर्ण लिम्वूले खेलको २३ औँ मिनेटमा गोल गर्दै खेलमा सुरुवाती अग्रता दिलाएका थिए । तर खेलको ७६ औँ मिनेटमा मोरङका अशोक खवासले गोल गर्दै खेललाई बरावरीमा ल्याए । खेलको अन्तिमतिर झापाका खेलाडीहरुले मोरङ विरुद्ध आक्रमक खेल प्रदर्शन गरेपनि गोल गर्न भने सकेनन् । पराजयसँगै अव झापा प्रतियोगिताबाट बाहिरिएको छ भने मोरङ उपाधी नजिक पुगेको छ । मोरङले पर्सी उपाधीका लागि सुनसरीसँग प्रतिष्पर्धा गर्नेछ । सुनसरीले फाइनलको यात्रा तय गर्दा डिभाइन ब्वाइज युनियन क्लव,विभागिय टिम एपिएफ र अग्नी रुपन्देही–११ लाई पराजित ग¥यो । मोरङले पनि विभागिय टिम त्रिभुवन आर्मी र झापा–११ लाई पराजित ग¥यो । प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले २ लाख रुपैयाँ सहित मेडल,ट्रफी र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिता महान समाजसुधारक तथा १६ औँ राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङ्देनको स्मृतिमा फिदिम स्पोर्टीङ क्लवले आयोजना गरेको हो ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर