पूर्व फुटबलर लावती गृह जिल्लामा सम्मानित

Friday, December 29th, 2017 at 10:28 pm News Headlines, खेलकुद, समाचार, स्थानीय

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

lawait 1
रामचन्द्र बम्जन/ पौष १४,२०७४
पूर्व फुटबलर गणेशकुमार लावतीलाई गृह जिल्ला पाँचथरमा सम्मान गरिएको छ । पाँचथर फुटलब संघ र फिदिम स्पोर्टीङ क्लवले ताम्रापत्र र मोटरसाइकल प्रदान गरेर सम्मान गरेको हो । लावतीलाई १ लाख ८८ हजार ६ सय रुपैयाँ पर्ने यामाहा कम्पनीको १ सय २५ सिसिको सलुटो मोटरसाइकल प्रदान गरिएको हो । उनलाई सो मोटरसाइकलको चावी स्पोर्टीङ क्लवका अध्यक्ष विमलकुमार श्रेष्ठ र ताम्रापत्र भने प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई(खतिवडा)ले दिएकी छन् । पाँचथरमा जन्मेर विभागिय टिम एपिएफको कप्तान समेत भएर राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा टिमलाई जीत दिलाउँदै नेपालीको शिर उचो गर्न भूमिका खेलेकाले लावतीलाई सम्मान गरिएको एन्फाका केन्द्रिय सदस्य सुरेश साहले बताए । सम्मान प्राप्तपछि लावतीले सम्मानले खुसीसँगै आफ्नो जिम्मेवारी थपिएको बताए । उनले गाउँकै सिद्धदेवी क्लवमा आवद्ध भएर खेल जीवनको सुरुवात गरेका थिए भने फिदिम स्पोर्टीङ क्लवले आयोजना गरेको पूर्वाञ्चल स्तरिय खेलमा सहभागी भएर फुटबलमा करियर बनाएका थिए । उनले ए डिभिजन लिगमा मात्रै कूल ६५ गोल गरेका छन् । हाल उनी एपिएफको असिस्टेण्ट कोचको भूमिकामा छन् । उनी जिल्लाको कुम्मायक गाउँपालिका वडा नम्वर १,यासोकमा बुबा टेकवहादुर लावती र आमा शान्तिदेवी लावतीको कोखबाट वि.स.२०३८ साल जेठ १३ गते जन्मिएका हुन् ।

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर