करोडौंका चित्र किन्नेहरू

Monday, December 25th, 2017 at 3:48 pm प्रबिधि, बिजनेस, समाचार

Aftershock felt at 10:48 am today

An aftershock measuring 4 on the Richter scale with epicentre in Dolakha was recorded at 10:48 am on Tuesday, according to National Seismological Centre.

काठमाडौँ — ललितकलाको दुनियाँमा क्रेताहरूको भिन्न महत्त्व हुन्छ । चर्चित चित्रकारका कलाकृति संकलनको ठूलो सौख राख्नेहरू संसारमा थुप्रै छन् । विख्यात चित्रकार लियोनार्दो दा भिन्ची, पिकासोदेखि साल्भाडोर डालीसम्मका चित्र करोडौं मूल्यमा लिलाम बढाबढ हुनु नौलो मानिँदैन ।

यसरी कलाकृति संकलन गर्नेमा सेलेब्रिटीहरू पनि थुप्रै छन् । अमेरिकी गायिका मडोनाको घर पुग्ने जोकोहीले पनि त्यसलाई कला संग्रहालयका रूपमा अनुभूति गर्छन् । उनको घर कलाकृतिले भरिपूर्ण छ । उनले ४ सयभन्दा बढि चित्र किनिसकेकी छन् ।
सञ्चार माध्यमहरूमा उल्लेख भएअनुसार मडोनाले चित्रकला खरिदमा १ सय १० मिलियन अमेरिकी डलरभन्दा बढी लगानी गरिसकेकी छन् । पाब्लो पिकासो, साल्भाडोर डाली, मान रे, लेगर र फ्रिडा काहलो उनका मन पर्ने चित्रकार हुन् । पिकासोको एउटा चित्र त उनले ५ मिलियन डलरमा किनेकी हुन् ।
हलिउड सुपरस्टार ब्राड पिट पनि आर्टलभर हुन् । उनी सन् २०१० मा स्विट्जरल्यान्ड पुगेका थिए । त्यहाँ उनी निओ राउचको चित्रबाट प्रभावित मात्रै भएनन्, ९ फिट लम्बाइको एउटा चित्र उनले १ मिलियन डलर नै तिरेर किने । अहिलेसम्स चित्र संकलनमा उनले २५ मिलियन डलरभन्दा बढी खर्च गरेका छन् ।
अमेरिकी स्टार लियोनार्दो डिकाप्रियो पनि चित्रकला दुनियाँमा रमाउने सेलेब्रिटी हुन् । उनलाई रंग र क्यानभासले छिट्टै तान्छ । हुन त उनले आर्ट कलेक्सन गर्न थालेको धेरै भएको छैन । तर, पछिल्लो समय भने विभिन्न आर्ट ग्यालरीमा उनको उपस्थितिले कलाप्रतिको उनको मोह प्रस्ट पार्छ । उनले जापानी चित्रकार ताकाशी मुराकामी, अमेरिकी चित्रकार जिन मिचेल लगायतका कलाकृति संकलन गरेका छन् ।
आफैंमा सिंगो क्यानभास जस्तै देखिने अमेरिकी पप गायिका लेडी गागा पनि आर्ट कलेक्सनमा निकै मन लगाउँछिन् । कहिलेकाहीं त उनी लियोनार्दो दा भिन्चीको मोनालिसा प्रिन्टेड पहिरन लगाएरै कार्यक्रमतिर देखिन्छिन् । उनले पनि थुप्रै चित्रकारका कलाकृति संकलन गरेकी छन् ।madonna-house-25122017023211-1000x0

Comments

comments

Similar Post You May Like

Recent News

Advertisements

Our Team

  • sujana

    सुजना सारु मगर–मगर समाचार वाचक

  • nisha

    निशा लोरिङदेन लोवा–लिम्वू समाचार वाचक

  • laxima

    लक्षिमा तामाङ –समाचारवाचक

  • जङ्ग योञ्जन तामाङ
का.व.स्टेशन म्यानेजर

    जङ्ग योञ्जन तामाङ– स्टेशन म्याजेनर